यौनहिंसा रोक्न अभिमुखीकरण

समाधान संवाददाता २०८१ भदौ १९ गते ११:११

पोखरा ।
अपांग महिला सशक्तीकरण केन्द्र कास्कीले अपांगता भएमा महिला माथि हुने यौनजन्य हिंसा र दुव्र्यवहार रोक्नको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।

Advertisement


कार्यक्रममा संस्थाका अध्यक्ष अन्जना केसी, महासचिव बन्दना गुरुङ र संस्थाका कर्मचारी सरिता केसीले अपांगताको परिभाषा र प्रकार, लैंगिक हिंसा तथा यौनजन्य हिंसा तथा दुव्र्यवहारको कारण परेको असरको बारेमा सहजीकरण गरेका थिए ।


संस्थाका अध्यक्ष केसीले लैंगिक हिंसा समाजमा लुकेको अपराध भएको सहज रुपमा बाहिर ल्याउन कठिनाई भएको बताइन् । उनले सांगको तुलनामा अपांगता भएका महिलाले सामाजिक रुपमा विभेद र हिंसाको सामना गर्नु परेको दाबी गरिन् । उनले महिलामाथि हुने जुनसुकै हिंसाका घटनामा उजुरी गरेर दोषीलाई कारबाही गर्नुपर्ने सुझाव राखिन् ।

Advertisement


कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिकाका सदस्य तथा वडा नम्बर १५का सदस्य मन्दिरा परियारले अपांगता भएका महिलामाथि कुनै प्रकारको हिंसा भएको खण्डमा सहेर नबस्न सुझाव दिइन् । उनले हिंसामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन जनप्रतिनिधिका हिसाबले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।


कार्यक्रममा पोखरा महानगरका जनप्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, अपांगता भएका महिला तथा अभिभावक र कर्मचारीको सहभागिता थियो ।

Advertisement

अपांग महिला सशक्तिकरण केन्द्र कास्कीका महासचिव गुरुङले संस्थाले अपांगता भएका महिलाको सशक्तिकरण तथा हक हितको बारेमा नियमित रुपमा कार्यक्रम गरेको जानकारी दिइन् । उनले कार्यक्रममा हरितालिका तीज पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको बताइन् ।

तपाईको प्रतिक्रिया