सामसङको नयाँ सेट बजारमा

पोखरा ।
नयाँ विशेष सुविधा र किफायती मूल्यसहित सामसङ ग्यालेक्सी ए०६ मोबाइल नेपाली बजारमा आउँदै छ । सामसङको एन्ट्री लेभल लाइन अपमा पछिल्लो एडिसनको रूपमा आएको यो भर्सन भदौ २३ देखि नेपालभर उपलब्ध हुनेछ ।
ग्यालेक्सी ग्यालेक्सी ए०६ लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको कम्पनीको दाबी छ । डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर छ । जसले स्पष्ट र डिटेल भएका तस्बिर निकाल्छ भने उत्कृष्ट सेल्फी खिच्न यसमा ८ एमपी फ्रन्ट क्यामेरा राखिएको छ ।
यो फोनमा ६.७ इन्चको स्क्रिन छ । जसले माइक्रो एसडीमार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ । यो सेट मिडिया टेक हेलियो जि८५ प्रोसेसरबाट सञ्चालित छ । जसले गेमिङ, कन्टेन्ट हेर्न र सेयरिङक लागि उत्कृष्ट पर्फमेन्स दिन्छ ।
५ हजार एमएएच ब्याट्री र २५ बाट तीव्र चार्जिङ समर्थनका साथ, यसले लामो पावर प्रदान गर्दछ । यसमा रहेको सामसङ नक्स भल्टले हार्डवेयर अट्याकहरू विरुद्ध बलियो सुरक्षा प्रदान गर्दछ र प्रयोगकर्ताको संवेदनशील डेटाको अलग ट्याम्पर–प्रतिरोधी हार्डवेयरमा सुरक्षा सुनिश्चित गर्दछ । नयाँ साइड फिंगरप्रिन्ट सेन्सरका साथ अब यसमा सुविधाजनक प्रमाणीकरण सरल हुनाका साथै यसको नवीनतम ओएस र सुरक्षा अपडेट्सले डिभाइस सुरक्षा थप सुनिश्चित गर्दछ ।
कालो, हल्का नीलो र सुनौलो रंगमा उपलब्ध यो सेटमा ४/६४ जिबी भेरियन्टको १५ हजार ४ सय ९९, ४/१२८ जिबी भेरियन्टको १७ हजार ४ सय ९९ र ६/१२८ जिबी भेरियन्टको १९ हजार ४ सय ९९ मूल्य निर्धारण गरिएको छ । यो मोडेलका प्रत्येक सेट खरिदमा २५ वाट सामसङ एड्याप्टर निःशुल्क प्रदान गरिन्छ ।
उपभोक्ताले इन्स्टा फाइनान्स सेवाका साथमा यो सेट लिन सक्छन् । इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरमा उपलब्ध हुनेछन् । यो सेवामा ०% ब्याज दरका साथ झन्झट मुक्त इएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया