रोट्रयाक्टका अध्यक्षहरुको भेला पोखरामा

समाधान संवाददाता २०८१ भदौ १९ गते ११:४५

पोखरा ।
रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटानको प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) पोखरामा भएको छ । रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटानको आयोजना तथा रोट्रयाक्ट क्लब अफ भरतपुर, बुटवल साउथ, न्युरोड पोखरा, पोखरा, फिस्टेल, पोखरा जिएमसी पोखरा लेकसाइडको आतिथ्यता रोट्रयाक्ट क्लब अफ हेम्जा, तिलोत्तमा रुपन्देही, पशुपति काठमाडौं, हेटौंडा, पाटन हेरिटेज र पोखरा युनिभर्सिटीको सहआतिथ्यतामा कार्यक्रम भएको हो ।

Advertisement


प्रेसिडेन्ट नाइट (अध्यक्षहरुको भेला) मा देशभरका रोट्रयाक्ट क्लबहरुका अध्यक्ष एवं रोट्रयाक्ट डिष्ट्रक कमिटीका पदाधिकारीहरु लगायतको उपस्थिति थियो । रोट्रयाक्ट वर्ष २४–२५ लाइ प्रभावकारी एवं उत्कृष्ट रुपले अगाडि बढाउन अध्यक्षहरुको भेलाले महत्त्वपूर्ण भूमिका खेल्ने डिआरआर विक्रम क्षेत्रीले बताए ।


कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले रोट्रयाक्टको माध्यमबाट व्यक्तित्व नेतृत्व विकाससँगै सामाजिक योगदानका लागि अगाडि बढेका सबैलाई शुभकामना दिए ।

Advertisement

कार्यक्रममा रोटरी डिस्ट्रिक गभर्नर इलेक्ट विनोद कोइराला, डिआरसिसी चियर कृष्णप्रसाद पाण्डे, डिआरआर इलेक्ट दिनेश गैरे, रोटरी डिस्ट्रिक मेम्बरसिप कमिटी चियर सुवास सिग्देल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।


प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक एवं रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटानका एडिआरआर विश्वदर्शन पराजुलीको स्वागत, नम्रता लम्साल, अतित आचार्य र डिस्ट्रिक सेक्रेटरी सुविन खड्काको संयुक्त सञ्चालनमा कार्यक्रम भएको थियो ।

Advertisement

रोट्रयाक्ट डिस्ट्रिक ३२९२ नेपाल भुटान अन्तर्गतका क्लबका अध्यक्ष एवं प्रतिनिधि र रोट्रयाक्ट डिस्ट्रिक कमिटीबाट गरी २०० भन्दा बढी रोट्रयाक्टरहरुको सहभागिता रहेको डिस्ट्रिक मिडिया समन्वय अफिसर आविष्कार खनालले जानकारी दिए ।


रोट्रयाक्ट क्लब अफ न्युरोड पोखराका अध्यक्ष श्रीनाथ वाग्लेको अध्यक्षता र रोट्रयाक्ट डिस्ट्रिकका डिआरआर विक्रम क्षेत्रीको अध्यक्षयता कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा रोटरी डिस्ट्रिक गभर्नर इलेक्ट विनोद कोइराला, डिआरसी चियर कृष्णप्रसाद पाण्डे, डिआरआर इलेक्ट दिनेश गैरे, रोटरी डिस्ट्रिक मेम्बरसिप कमिटी चियर सुवास सिग्देल, प्रेसिडेन्ट नाइट कार्यक्रम संयोजक विश्वदर्शन पराजुली, रोट्रयाक्ट डिस्ट्रिक कन्फ्रेन्स चियर रितेश ज्ञवाली, डिआरसी ध्रुव केसी, रेशम खड्का, मिलन ढकाल, सुस्मिता केसी थिए ।

तपाईको प्रतिक्रिया