रत्नशोभा माविमा पुस्तकालय दिवस

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर २८ स्थित रत्नशोभा माध्यमिक विद्यालयमा १७ औं पुस्तकालय दिवस मनाइएको छ । कक्षा ६ देखि कक्षा १२ सम्म ‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ विषयमा वक्तृत्वकला प्रतियोगिता र कक्षा १ देखि ५ सम्म विद्यार्थीहरु बिच घैटो फुटाई कार्यक्रम गरी पुस्तकालय दिवस मनाइएको हो ।
वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ की छात्रा श्रीनिशा घिमिरे प्रथम, कक्षा ८ की छात्रा स्मृति बुढाथोकी द्वितीय र कक्षा ८ कै छात्र एलन गुरुङ तृतीय भएका थिए । यसैगरी कक्षा १ देखि ५ सम्म भएको घैंटो फुटाई कार्यक्रममा कक्षा ४ का सुगम अधिकारी प्रथम भएका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक किरणबाबु न्यौपानेले विजेता विद्यार्थीहरुलाई बधाई दिँदै सिकाइ निरन्तर चल्ने प्रक्रिया भएको बताउँदै विद्यार्थीहरुले पुस्तकालयलाई धेरैभन्दा धेरै प्रयोग गरी ज्ञान आर्जन गर्न आग्रह गरे ।
अतिरिक्त क्रियाकलापमा सहभागीताले विद्यार्थीलाई धेरै कुरा सिकाउने बताउँदै आफ्ना कमी कम्जोरीलाई सुधार गरेर आगामी दिनमा अगाडि बढ्न सुझाव दिंदै विजेता विद्यार्थीहरुलाई बधाई दिएका थिए ।
बक्तृत्वकला प्रतियोगितामा शिक्षकहरु कृष्ण प्रसाद पौडेल, भागिरथी देवी ढकाल र सरीता पौडेल थिए । प्रतियोगिता सम्बन्धी नियमका बारेमा शिक्षक कृष्णप्रसाद पौडेलले स्पष्ट पारेका थिए ।
कार्यक्रममा पुस्तकालय प्रमुख कमला पौडेल, पुस्तकालय व्यवस्थापन समिति सदस्य सचिव मेघनाथ आचार्यले पुस्तकालय सम्बन्धी आ–आफ्नो भनाइ राखेका थिए ।
पुस्तकाल व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापक किरणबाबु न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव मेघनाथ आचार्यले गरेका थिए ।
प्रधानाध्यापक न्यौपानेले र निवर्तमान प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले पुरस्कार वितरण गरेका थिए । यस वर्षको पुरस्तकालय दिवसको नारा निरन्तर शिक्षाका लागि पुस्तकालय थियो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया