यातायात मजदुरको तीज विशेष कार्यक्रम

पोखरा ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश महिला कमिटीले यातायात क्षेत्रमा कार्यरत महिला मजदुरलाई समेटेर हरितालिका तीज विशेष कार्यक्रम गरेको छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश महिला अध्यक्ष संगीता पाण्डेले जिफन्टले धेरै भन्दा धेरै श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने लक्ष्यसहित देशव्यापी अभियान सञ्चालन गरेको जानकारी दिइन् । उनले औपचारिक क्षैत्रका श्रमिकबाट सुरुवात भएको अभियान वैदेशिक रोजगारीमा जाने श्रमिकहँुदै अनौपचारिक क्षेत्रमा श्रमिकलाई कोषमा समेटिन थालेको बताइन् । उनले अनौपचारिक क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा योजनालाई कार्यान्वयन गर्न चुनौती रहेको उल्लेख गरिन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपमहासचिव विष्णुबहादुर पराजुलीले यातायात क्षेत्रमा महिला सहभागिता कमी भएको बताए । संगठन गण्डकी प्रदेश कमिटीका अध्यक्ष विष्णुबहादुर केसीले अनौपचारिक क्षेत्रका मजदुरलाई सामाजिक सुरक्षा योजनामा समेट्नका लागि स्थानीय तहले सिफारिस गर्न पर्ने जनाए ।
कार्यक्रममा जिफन्ट गण्डकी प्रदेश महिला कमिटीका सदस्य शर्मिला देवकोटा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन गण्डकी प्रदेश कमिटीका उपाध्यक्ष बेनीराज थिङ, संगठनका प्रदेश कमिटीका सचिव नारायण रिमाल, सहसचिवहरु बालकृष्ण पोखरेल र जनकराज सिग्देल, कोषाध्यक्ष केशवराज खतिवडा, संगठन गण्डकी प्रदेश महिला कमिटीका अध्यक्ष सीता सापकोटा, सचिव मनीषा सुवेदी लगायतले महिला श्रमिकका सवालमा बोलेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया