लोकप्रिय बन्दै बोट

समाधान संवाददाता २०८१ भदौ २२ गते १४:२८

पोखरा ।
भारतको अडियो र वेयरेबल ब्रान्ड नेपाली बजारमा लोकप्रिय बन्दै गएको छ । २०७९ फागुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै यसले निरन्तर सफलता हासिल गर्दै आएको कम्पनीको दाबी छ ।

Advertisement


नेपाली बजारका लागि टेलिटक प्राइभेट लिमिटेडसँग सहकार्य गर्दै आएको यसले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफ स्टाइल उत्पादनहरुको बजारीकरण गर्दै आएको छ । बोट अडियो र वेयरवल्समा प्रमुख ब्रान्डका रुपमा नेपालमा स्थापित भइसकेको छ ।


पछिल्लो २ आर्थिक वर्षमा निरन्तर रुपमा ब्रान्ड भ्यालुक आधारमा पहिलो र भोल्युमको आधारमा दोस्रो स्थान ओगट्न सफल रहेको कम्पनीको दाबी छ । यसले नेपाली उपभोक्तामाझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादन प्रदान गर्ने प्रतिबद्धताका साथ टिडब्लुएस मोडेलहरू, निरर्भाना आइरन, एअरपोड सुप्रिम, एअरपोड ९१, वेभ कल २ स्मार्ट वाच र पावर बैंकहरु उपलब्ध गराउँदै छ ।

Advertisement


बोटका उत्पादन अब नेपालभरि हजारभन्दा बढी रिटेल र मोबाइल पसमा उपलब्ध छन् । ब्राण्डको स्थापनादेखि नै दराजमा यो पाइन्छ ।

Advertisement

तपाईको प्रतिक्रिया