बेकोमा दसैंतिहार छुट

पोखरा ।
युरोपको चर्चित घरायसी उपकरणको ब्रान्ड बेकोले दसैं, तिहार लक्षित छुट योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘ब्रिङ होम ह्याप्पीनेस’ योजना ल्याएको हो ।
यो योजनामा बेकोका सामान किन्दा ४१ हजार ४ सम्म छुट प्राप्त गर्न सकिनेछ भने सबै उपभोक्ताले कुनै न कुनै प्रकाशका छुट पाउने छन् । बेकोको वासिङ मेसिन किन्दा ६ केजी डिटर्जेन्ट, डिसवासरको खरिदामा फोरचुन ट्याबलेट, साइड बाइ साइड रेफ्रिजेरेटर सिंगल डोर रेफ्रीजेरेटर किन्दा आकर्षक छुट दिइने जनाउँदै कम्पनीले डबल डोर रेफ्रीजेरेटर किन्दा भ्याकुम फ्लास्क दिने जनाएको छ । स्टनडिंग ओवेनको खरिदमा प्रेसर कुकर र एसी किन्दा सित्तैमा जडान गरिदिने अफर ल्याएको छ ।
बेकोले संसारका १ सय ४० देशमा आफ्ना सामान बिक्री गर्दै आएको छ । नेपालमा चौधरी ग्रुप यसको आधिकारिक बिक्रेता हो । बेकोका सामानका पाट्र्स पाइनुका साथै सर्भिस ग्यारेन्टी पनि चौधरी ग्रुपले गर्दै आएको छ ।









पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया