
पोखरा ।
पोखरा महानगरपालिका ९ तुलसीघाटमा पुल निर्माण सुरु भएको छ । पोखराको इन्द्रेणी निर्माण कम्पनीले १२ करोड, ८० लाख रुपैयाँ लागतमा तुलसीघाटमा पुल निर्माण गर्न लागेको हो ।
दसैं अघि निर्माण सक्ने गरी तिव्र रुपमा काम भइरहेको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय सडक विभाग पुल सेक्टर पोखराका इन्जिनियर प्रतिभा शर्माले जानकारी दिइन् ।
संरचना राखेर फिक्सिङ भइरहेको उनले बताइन् । ‘चरण चरणमा संरचना राख्दै जाने हो, बटम राखेर फिक्सिङ भइसकेको छ । वियरिङ राखिसकेको छ केहि दिनमा फिक्सिङ पनि सकिन्छ,’ शर्माले भनिन् ।
लगभग एक तिहाइ काम सकिएको उनको भनाइ छ । संरचना राख्ने र फिक्सिङ सकेपछि पुलछेउका सडक तथा पुलमा कालोपत्रे गरेपछि निर्माण सम्पन्न हुने उनले बताइन् । उनले भनिन्, ‘महेन्द्रपुलको वैकल्पिक पुलका रुपमा रहेकाले प्राथमिकतामा राखेर काम गरिरहेका छौं ।’
निर्माणधीन ‘आर्कब्रिज’ ६५ मिटर लामो र ११ मिटर चौडाइको हुनेछ । पुल निर्माणका लागि २०७९ पुसमा कम्पनीले गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग सम्झौता गरिएको थियो ।
सम्झौताको ३० महिनाभित्र सम्म काम सम्पन्न भइसक्नुपर्ने छ । पुल निर्माण सम्पन्न नभएकाले महेन्द्रपुल, पृथ्वीचोकमा दैनिक जाम पर्ने समस्या परेको छ जसका कारण पोखरावासी हैरान छन् ।

के हो आर्क ब्रिज ?
खोलाको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संचरना निर्माण गरिन्छ । सामान्य पुलमा जस्तो बीच/बीचमा पिल्लर प्रयोग गरिँदैन । पिल्लर नभए पनि यो नयाँ प्रविधिमा आधारित भएका कारण बलियो मानिन्छ साथै निर्माणका लागि लाग्ने लागत पनि कम छ ।
सामान्य पुलमा लोड पिलरमा थाम्छ तर आर्क व्रिजमा लोड आर्कले नै लिन्छ र छड्के केवलले आर्कमा लोड ट्रान्सफर गर्ने गर्दछ ।
सवारीसाधन गुड्दा पुलमा भाइब्रेसन नआउने र पिलर निर्माण गर्न नसकिने खोच तथा अप्ठ्यारा ठाउँमा समेत यी पुल सहजै निर्माण गर्न सकिन्छ ।
तुलसीघाटको पुरानो पुल साविक पोखरा नगर पञ्चायतका तत्कालीन प्रधानपञ्च सीताराम केसीको पालामा २०४६ सालमा निर्माण भएको हो । चाइना इन्टरनेसलन वाटर एण्ड इलेक्ट्रिक कर्पोरेसन पोखराले १५ लाख रुपैयाँमा पुल निर्माण गरेको थियो ।


प्रमिला कुँवर
पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया