पत्रकार अमृत र परशुराम सम्मानित

पोखरा ।
नेपाल हवाई खेलकुद संस्था (ना)ले पत्रकारद्वय अमृत सुवेदी र परशुराम शर्मालाई सम्मान गरेको छ । संस्थाको २१ औं वार्षिक साधारण सभा तथा दशौं अधिवेशनको अवसरमा उनीहरुलाई सम्मान गरिएको हो ।
पूर्व समाधानकर्मी सुवेदी अहिले अनलाइनखबर गण्डकी ब्युरो प्रमुख हुन् । शर्मा नेपाल टेलिभिजनका कास्की संवाददाता छन् । उनीहरुलाई गण्डी प्रदेशका सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, संस्थाका अध्यक्ष सुनीलकुमार भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी लगायतले दोसल्ला, सम्मान पत्रसहित सम्मान गेरका हुन् ।
कार्यक्रममा वक्ताहरुले प्याराग्लाईडिङमा सोलो उडान खुला गर्न माग गरे । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै सोलो उडान बन्द गरिएको थियो । ‘ना’का अध्यक्ष भट्टराईले पोखराको पर्यटन उकास्ने हो भने सोलो उडान खोल्नुको विकल्प नरहेको बताए । सोलो उडान नहुँदा विदेशी पर्यटकको आगमन कम भएको उनको भनाइ छ ।
ना’का महासचिव बलराम आचार्यले प्रतिवेदनमा सोलो उडान खुला गर्नका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आवश्यक समन्वय गरिदै आएको उल्लेख गरेका छन् । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पोखराको पर्यटनमा प्याराग्लाईडिङ खम्बाको रुपमा रहेको बताए । उनले भने, ‘यसको संरक्षण र प्रवद्र्धन गरेरै यहाँको पर्यटनलाई माथि उकास्न सकिन्छ । यसका लागि प्रदेश सरकार यहाँहरुलाई सहयोग गर्न तयार छ ।’
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेदवार अर्जुन पोखरेलले आफूले जितेर अध्यक्ष भएमा प्याराग्लाईडिङलाई उच्च प्राथमिकता दिएर योजना र कार्यक्रम ल्याउने वाचा गरे । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले प्याराग्लाईडिङ पोखराको पर्यटनको मेरुदण्ड भएको बताए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया