प्रदेश मुवाँथाइ संघमा मिलन

समाधान संवाददाता २०८१ भदौ २६ गते १०:३४

पोखरा ।
गण्डकी प्रदेश मुवाँथाइ संघको अध्यक्षमा मिलन थापा सर्वसम्मत छन् । संघको मंगलबार पोखरामा भएको प्रथम अधिवेशनले अध्यक्षमा थापासहित सम्पूर्ण कार्यसमिति निर्विरोध चुनेको हो ।

Advertisement


कार्यसमितिका उपाध्यक्षद्वयमा सन्तोष गुरुङ र सुनील तिमिल्सिना, महासचिवमा माओ तमु, सचिवमा पदमा गुरुङ र कोषाध्यक्षमा विवेक कार्की निर्वाचित भए । सदस्यमा रुपक नेपाली, धन पुन, शिव हिताङ, सुन्दर गिरी, डिकेन पुन, राज गुरुङ, प्रेमनारायण पाण्डे, सरस्वती गुरुङ, रिना गुरुङ, विवेकमान गुरुङ, सनिज गुरुङ र निकेश गुरुङ छन् ।


कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले मुवाँथाईमा गण्डकीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उत्कृष्ट प्रभाव पार्न सफल भएको जनाउँदै यो खेलको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता जनाए । उनले नवौं राष्ट्रिय खेलकुद सबैको साथ र सहयोगले नै गण्डकी प्रदेशमा सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सबै खेलाडीलाई दशौं राष्ट्रिय खेलकुदका लागि तयार हुनसमेत आग्रह गरे ।

Advertisement


प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले गण्डकी प्रदेशको मुवाँथाई खेलको विकास लागि परिषदले बजेट नै विनियोजन गरेर अघि बढेको जनाए । कार्यक्रममा प्रदेश खेलकुद परिषदका सल्लाहकार सुनील गुरुङ, प्रदेश खेलकुद परिषद सदस्य खगेन्द्र क्षेत्री लगायतले मुवाँथाई खेलको विकास जरुरी भएकोमा जोड दिए ।

Advertisement

तपाईको प्रतिक्रिया