सामुदायिक सेवा केन्द्र लेखनाथमा पदस्थापन

लेखनाथ ।
लेखनाथ सामुदायिक सेवा केन्द्र संवम सामुदायिक प्रहरी सेवा केन्द्रको १८औं वार्षिक साधारण सभा तथा नवौ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मंगलवार पदस्थापान गराइएको छ ।
दुई वर्षे कार्यकालका लागि सहमतिका आधारमा उपाध्यक्ष गंगाकुमारी खनाललाई शनिबार अध्यक्षमा चयन गरिएको थियो । लेखनाथ सामुदायिक सेवा केन्द्रको इतिहासमा पहिलोपटक महिलाको नेतृत्व आएको हो ।
खनाल ११ वर्ष देखि साधारण सदस्य हुँदै विभिन्न किसिमका जिम्मेवारीहरु समाल्दै अध्यक्षको जिम्मेवारी समाल्न सफल भएकी हुन् । खनाल सहितको टिमलाई गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले पदस्थापन गराएकी थिइन् ।
सर्वसम्मत चयन भएको समितिको उपाध्यक्षमा कृष्ण सुवेदी, सचिवमा विनोदबहादुर थापा, सहसचिवमा कृष्ण रिजाल र कोषाध्यक्षमा कृष्ण प्रसाद ओझालाई चयन गरेको हो । समितिको सदस्यहरुमा नवराज पौडेल, सुमित्रा वञ्जरा, सन्तोष सुर्खेली, रामकृष्ण खनाल, गोविन्द वाग्ले, अर्जुन मल्ल र सुवास कडेल छन् ।
पदस्थापन समारोहमा बोल्दै डिआइजी सिंहले निस्वार्थ सेवा भावले गरिने काम नै समाजसेवा भएकाले समाजका जो कोही अगुवाहरु पनि सेवा केन्द्रमा रहेर बर्दीबिनाको पुलिस भएर देश, राष्ट्र र समाजका लागि काम गर्न सक्ने सुझाव राखेकी थिइन् ।
लेखनाथ सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गंगा खनालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाअध्यक्ष नरेन्द्र थापा, सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समिति समितिका अध्यक्ष भीम पराजुली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा र समितिका निर्वतमान अध्यक्ष कृष्णप्रसाद अधिकारी लगएतले सबैको साथ र सहयोगले हामीले परिकल्पना गरेको समाज निर्माण गर्ने सकिने विचार राखेका थिए ।
समितिका उपाध्यक्ष कृष्ण सुवेदीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सहसचिव कृष्ण रिजालले गरेका थिए ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया