सगरमाथा इन्स्योरेन्सको प्रदेश कार्यालय अमरसिंह चोकमा

पोखरा ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) को गण्डकी प्रादेशिक कार्यालय, अमरसिंह पोखरामा सञ्चालनमा आएकाे छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय प्रमुख केशवप्रसाद दाहालले संयुक्त रुपमा बुधबार कार्यालयको उद्घाटन गरेका हुन् ।
शुभकामना दिँदै सलिको व्यापार र दाबी भुक्तानी राम्रो रहेको सो साख जोगाइ राख्न दाहालले सुझाए । सम्पूर्ण कर्मचारीलाई उच्च मनोबलका साथ इमान्दारी पुर्वक बिमालेख बुझाएर बेच्ने क्षेत्रीले आग्रह गरे । कार्यक्रममा निसा गण्डकी बुद्धिप्रसाद अधिकारी, निसाका पूर्वसंयोजक सुरेन्द्रबहादुर गोदार लगायतले शुभकाना दिए ।
कार्यक्रमा पोखरामा रहेका कम्पनीका शाखा प्रमुख लगाएत सम्पुर्ण कर्मचारीको उपस्थिति थियो । कम्पनी बारेमा नेशनलको अटिनेटर (सहायक महाप्रबन्धक) कविराज पौडेलले बताए । प्रादेशिक कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया