गण्डकी बहुप्राविधिकमा वातावरणीय तथा सामाजिक सुरक्षा तालिम

पोखरा ।
जनसंख्या तथा वातावरण मन्त्रालय तथा युएसएआइडी अन्तर्गत सञ्चालित जलजंगल परियाेजनाको आयोजनामा पोखरा महानगरपालिका वडा नम्बर २९, स्थित गण्डकी बहुप्राविधिक शिक्षालयमा वातावरणीय तथा सामाजिक सुरक्षा तालिम भदौ २४ र २५ गते सम्पन्न भएको छ ।
पूर्वाधार विकास निर्माणका क्रममा वातावरणमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्दै सकारात्मक प्रभावलाई प्रवर्धन गर्ने उपायलाई मुख्य उद्देश्य बनाई तालिमका विषयविज्ञ, प्रमुख प्रशिक्षक तथा पोखरा विश्वविद्यालयका उपप्रध्यापक इन्जिनियर सन्तोष खनाल र गण्डकी बहुप्राविधिकका सिभिल इन्जिनियरिङ प्रशिक्षक तथा यस कार्यक्रम सहजकर्ता वा सहप्रशिक्षक इन्जिनियर मनोज पौडेलले वातावरणीय सुरक्षाका विभिन्न पक्षहरूबारे प्रशिक्षण दिएका थिए ।
प्रमुख प्रशिक्षक इन्जिनियर खनालले वातावरणीय सुरक्षाको महत्त्व स्पष्ट पार्दै, निर्माण कार्य र पूर्वाधार विकासका क्रममा देखिने वातावरणीय जोखिमहरूको पहिचान र तिनको न्यूनीकरणका उपायहरूबारे चर्चा गरे । सहप्रशिक्षक तथा सहजकर्ता इन्जिनियर पौडेलले परियोजना निर्माण कार्य र वातावतण बिचको अन्तरसम्बन्धका साथै सामाजिक सुरक्षाको महत्वबारे प्रकाश पारे ।
विद्यार्थी सरिस रानाभाटले तालिमहरुले इन्जिनियरिङ विद्यार्थीहरुलाई भविष्यमा विकास निर्माणका परियोजनाहरुमा कार्य गर्दै गर्दा वातावरणीय तथा सामाजिक सुरक्षा ख्यालमा राखी काम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
गण्डकी बहुप्राविधिक शिक्षालयका निर्देशक लक्ष्मण तिमिल्सिनाले यस्तै प्रकारका कार्यक्रमहरु आवश्यक रहेको औंल्याए । तालिममा गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ, अटोवाइल इन्जिनियरीङ विषयमा अध्यनरत विद्यार्थीहरु, प्रशिक्षकहरु, कर्मचारीहरु गरी ६० जना भन्दा बढी प्रशिक्षार्थीको सक्रिय सहभागिता थियो ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया