गगनगौंडामा खुल्यो ब्युटी स्टुडियो

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नम्बर ३० पावरहाउसका युवा व्यवसायी ज्ञानदीप केसी र छायाँ कार्की केसीले बिहीबारदेखि सुविधा सम्पन्न प्रतिविम्ब सलोन एन्ड ब्युटी स्टुडियो सञ्चालनमा ल्याएका छन् ।
व्यवसायी दम्पतीले झण्डै ६० लाखको लागतमा पोखरा ३० गगनगौंडा पावरहाउसमा व्यूटी स्टुडियो संचालनमा ल्याएका हुन् । छाँयाले ८ महिनाको एडभान्स कोर्स गरेपछि सुविधासम्पन्न सलोन एन्ड ब्युटी स्टुडियो सञ्चालन गरेकी हुन ।
स्टुडियोमा हेयर स्पा, पेडी क्यअर, मेनिक्युअर, फेसियल, बेहुलीको शृंगार, नेल आर्टस् लगायत सेवा उपलब्ध रहेको सञ्चालक ज्ञानदीप केसीले जानकारी दिए । महिला तथा पुरुषका लागि आधुनिक हेयर कटिङको सेवा रहेको उनले जानकारी दिए । स्टुडियोमा ब्युटिसियन सम्वन्धी विभिन्न कोर्समा तालिम समेत प्रदान गरिने केसीले बताए ।
स्टुडियोमा भातरको गोवामा ८ वर्षदेखि हेयर डिजाइनरको काम गर्दै आएका एक सहित ६ जना दक्ष जनशक्ति छन् । साविक लेखनाथ र रुपा तथा तनहुँको पश्चिम क्षेत्रका ग्राहकहरुलाई लक्ष्य गरी सेवा सुरु गरिएको सञ्चालक छाँया कार्कीले बताइन् ।









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया