बागलुङ जीप दुर्घटना अपडेटः पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

पोखरा ।
पिकअप दुर्घटनामा परि रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष भुपेन्द्रा बुढा मगरको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–२ भुङखानीमा शुक्रबार बिहान रा १ झ २०० नम्बरको सरकारी जीप दुर्घटना भएको थियो ।
दुर्घटनामा मृत्यु भएका ३३ वर्षीया भुपेन्द्रा बुढा मगर रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष बुढा भएको जिल्ला प्रहरी कार्यालय बागलुङले पुष्टि गरेको हो । उपाध्यक्ष बुढाकी आमा ६१ वर्षीया गाेपीमाया बुढाकाे पनि दुर्घटनामा परि मृत्यु भएकाे छ ।
प्रहरीका अनुसार दुर्घटनामा परि दुई महिला र एक पुरुषको मृत्यु भएको थियो । एक जना भने घाइते भएका छन् । मृत्यु भएका एकजनाको अझै सनाखत हुन नसकेकाे जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका चालक २९ वर्षीय प्रेमबहादुर पुनको धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया