लेखनाथका व्यवसायीलाई तालिम
पोखरा ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा निशुल्क नेतृत्व विकास र मौरीपालनसम्बन्धी आधारभूत तालिम आयोजना गरिएको छ।
संघको आयोजनामा भएको तालिममा १ सयभन्दा बढी संघमा आवद्ध सदस्य, व्यवसायी एवं कृषकको सहभागिता थियो ।
सहभागीलाई मौरीपालनको परिचय महत्व, वर्तमान अवस्था, अवसर र चुनौतिहरु, मौरीको जीवन चक्र र वर्ग विभाजन, मौरीको शारिरिक बनावट कार्य विभाजन, मौरीगोला निरीक्षण, मौरी गोलामा हुने वार्षिक जीवनचर्या आदिबारे सिकाइएको थियो ।
यस्तै, गोला व्यवस्थापन, मौरीमा हुल निर्यास र त्यसको व्यवस्थापन, मौरी गोला संयोजन तथा मौरी गोला विभाजन प्रयोगात्मक र व्यहारिक रुपमा सिकाइएको छ ।
वाली विशेषज्ञ धनबहादुर राना र रमेशराज पौडेलले प्रशिक्षण दिएका थिए । नेतृत्व विकास तालिममा पत्रकार दीपेन्द्र श्रेष्ठले सहजीकरण गरेका थिए । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्मचार्यले तालिममा सिकेका कुरालाई व्यवहारमा ल्याउनुपर्ने बताए ।
संघका अध्यक्ष विनोद श्रेष्ठले सिकेको सीप निरन्तर अभ्यासमा ल्याए दीर्घकालीन बन्ने बताए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया