सुजल डेरीलाई पिसिसिआई एक्सेलेन्सी अवार्ड
समाधान संवाददाता
२०८१ भदौ ३० गते ९:५३

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले नियमित रुपमा प्रदान गर्दै आएको सर्वोत्कृष्ट व्यवसायी सम्मान (पिसिसिआई एक्सेलेन्सी अवार्ड) द्वारा यस वर्ष सुजल डेरी सम्मानित भएको छ ।
उद्योगतर्फ लक्ष्मी ग्रुप अन्तर्गतको सुजल डेरीलाई पोखरा उद्योग वाणिज्य संघको ७० औं साधारण सभा तथा ३५ औं महाअधिवेशनको उद्घाटन सत्रमा सम्मान गरिएको हो ।
सुजलको तर्फबाट लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनील श्रेष्ठले सो अवार्ड ग्रहण गरे । पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्य र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले सुजललाई सम्मान गरेका हुन् ।
अवार्ड छनोट समिति संयोजकसमेत रहेको पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वसन्त उदासले सुजलले अब्बल काम गरी सम्मानित बनेको बताए ।
सम्बन्धित









कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
गण्डकीमा ७ सचिवको पदस्थापन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया