मन र नन्दमाया सम्मानित

समाधान संवाददाता २०८१ भदौ ३० गते १०:४७

पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेशले पब्लिक फोरके टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्री र लमजुङे ठाडोभाका गायिका नन्दमाया दुरालाई नगदसहित सम्मान गरेको छ ।

Advertisement


प्रतिष्ठानको छैटौं वार्षिक साधारणको अवसरमा प्रबन्ध निर्देशक क्षेत्रीलाई स्वर्गीय तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार र दुरालाई स्वर्गीय नरबहादुर परियार स्मृति कलाकारिता पुरस्कारबाट सम्मान गरिएको हो । दुवैलाई जनही नगद ५ हजार ५ सय ५५ सहित सम्मान गरिएको प्रतिष्ठानका सचिव रामजी पौडेलले जानकारी दिए ।


प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष प्राज्ञ प्रजापति पराजुलीले नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् । सभाबाट सांगठिक र आर्थिक प्रतिवेदन पारित भएको सचिव पौडेलले जानकारी दिए । कार्यक्रममा गण्डकीका ९ जिल्लाका प्रतिष्ठानका प्रतिनिधि सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया