हिलसाइड स्कुलले मनायो बालदिवस
पोखरा ।
पोखराको हिलसाइड इङ्लिस स्कुलमा ६० औं राष्ट्रिय बाल दिवसको अवसर पारेर समाचार वाचनदेखि सामुदायिक सचेतनासम्मका कार्यक्रम भएका छन् ।
विद्यालय प्राङ्गण तथा मालेपाटनका विभिन्न चोक र टोलमा कार्यक्रम गरिएको हो । दिवसको पूर्व सन्ध्यामा विद्यालयमा गठित नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा शुक्रबार अंग्रेजी भाषामा समाचार वाचन प्रतियोगिता सञ्चालन गरिएको थियो ।
उक्त कार्यक्रममा कक्षा ८ र ९ तर्फ सविन पौडेल विजयी भएका थिए भने उपविजेताको पुरस्कार वृन्दा शर्माले हात पारिन् । कक्षा ७ र ८ तर्फ प्रथम आडिल भट्टराई, द्वितीय युवराज भण्डारी र तृतीय स्थान ईशान सुवेदी बने ।
हिलसाइड स्काउट ट्रुपको आयोजनामा बाल दिवसकै अवसरमा शनिबार सामुदायिक सचेतना दिइएको छ । स्काउटमा आबद्ध विद्यार्थीले मालेपाटनका बरालचोक र गोलचौताराका बासिन्दासँग बाल गतिविधिबारे साक्षत्कार गरेका थिए । प्रश्नावली नै बनाएर समुदायमा रहेका बाल क्रियाकलापसम्बन्धी विवरण संकलन गरिएको प्राचार्य डिल्लीराम भट्टराईले बताए ।
बाल दिवसकै अवसरमा विद्यालयमा कवितावाचन, वक्तृत्वकला, चित्रकला लगायतका कार्यक्रम भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम बरालको अध्यक्षता कार्यक्रम भएका हुन् ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया