सूर्यको नेतृत्वमा शुभम् बचत

पोखरा ।
शुभम् बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सूर्यप्रसाद पौडेल चयन भएका छन् । शुक्रबार पोखरामा भएको संस्थाको १२ औं साधारणसभाले पौडेलको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चुनेको हो ।
पौडेल यसअघि उपाध्यक्ष थिए । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता पदमपाणि देवकोटाले समितिको उपाध्यक्षमा कृष्णप्रसाद पोखरेल, सचिव अशोक पौडेल र कोषाध्यक्षमा होमराज भट्टराई निर्वाचित भएको जनाए । समिति सदस्यमा गोविन्दप्रसाद बास्तोला, चीजकुमारी गुरुङ, अमृत पन्त, अनुप पाण्डे र लक्ष्मीदेवी बराल छन् ।
साधारणसभाले ज्ञानेन्द्र थापाको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन गरेको छ । समितिका सदस्यमा कालीप्रसाद भुर्तेल र पूर्णकला घर्ती छन् ।
कार्यक्रममा सहकारी रजिष्ट्रार कार्यालय गण्डकीका रजिष्ट्रार भेषराज रिजालले पछिल्लो समय सञ्चालकसमेतको मिलेमतोमा कमसल धितो राखेर ऋण लगानी भएका सहकारीहरू समस्याग्रस्त रहेको र तिनीहरूले चाहेर पनि बचतकर्ताको बचत रकम फिर्ता गर्न सक्ने अवस्था नरहेको बताए ।
उनले सहकारीले ऋण लगानी गर्दा भनसुन, प्रलोभन र लोभमा नपरी सुरक्षित धितो बन्धक राखेर कर्जा प्रवाह गरेको खण्डमा कुनै कारणले ऋणीले ऋण तिर्न नसकेको खण्डमा त्यस्तो धितोको लिलामीबाट असुलउपर गर्न सकिने र बचत कर्ताको बचत पनि सुरक्षित हुने बताए ।
कास्की बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शेरबहादुर कार्कीले आफ्नो सहकारीको वित्तीय अवस्था कस्तो छ र कसरी सञ्चालन भएको छ भनेर सेयर सदस्य आफैंले चासो राख्नुपर्ने बताए । सहकारी अभियन्ता भीम गुरुङले कास्कीमा १०÷२० सहकारी समस्याग्रस्त रहेको भए पनि सहकारीका बारेमा चलेको नकारात्मक हल्ला र आर्थिक मन्दीको समेत असर सबै सहकारीमा परेको बताए ।
सञ्चालक आफैले संस्थाको पैसा मनोमानी हिसाबले चलाउँदा, बिना धितोमा ऋण लगानी गर्दा र खोला छेउ तथा पाखा पखेराका कमसल धितोमा अधिक मूल्य कायम गरी लगानी गर्दा सहकारीहरू समस्या ग्रस्त बनेको उनको भनाइ छ ।
सभामा अघिल्लो आर्थिक वर्षभरमा उत्कृष्ट कारोबार र उत्कृष्ट कार्यसम्पादन गर्नेहरुलाई सम्मान गरिएको छ । ऋण असुलीमा उल्लेखनीय योगदान गर्ने जोखिम व्यवस्थापन उपसमिति संयोजक कुमार आचार्य साधारणसभामा सम्मानित भए । उत्कृष्ट कारोबारकर्ताका रूपमा ज्ञानबहादुर पुर्जा, शुष्मा पुन, सुनिताकुमारी श्रेष्ठ, रविलाल पहारी, बबिता अधिकारी भुर्तेल, सन्तोष बराल, हरिप्रसाद अधिकारी, लेखनाथ अधिकारी र विक्रमबहादुर थापा सम्मानित भए ।
कर्मचारीतर्फ व्यवस्थापक कमल कोइराला, सहव्यवस्थापक कृष्ण देवी थापा, कर्जा प्रमुख सचिन पाठक र बजार प्रतिनिधि प्रयास सुवेदी सम्मानित भए । कार्यक्रम अध्यक्ष राजन पन्तको अध्यक्षता भएको हो ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया