पाल्पाली सहकारीको सेयर पुँजी पौने ३ करोड

पोखरा ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ को सेयर पुँजी घटेर २ करोड ७५ लाख ६० हजार २ सय कायम भएको छ । सहकारीको गत आर्थिक वर्षको सेयर पुँजी २ करोड ८५ लाख ५ हजार ८ सय थियो ।
सहकारीको छैटौं वार्षिक साधारण सभामा अध्यक्ष चिरञ्जीवी श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ सम्ममा सहकारीको कुल निक्षप भने बढेको जानकारी दिए । गत आर्थिक वर्षमा १ करोड ५३ लाख ७२ हजार १ सय २५ निक्षेप रहेकोमा अहिले सहकारीको निक्षेप १ करोड ९१ लाख ६७ हजार ८ सय ८६ पुगेको छ । अध्यक्ष श्रेष्ठले यस आर्थिक वर्षमा ३८ लाख ३१ हजार, ३ सय ५ रुपैयाँले वृद्धि भएको बताए ।
यस आर्थिक वर्षमा सहकारीको कर्जा प्रवाह २ करोड ७२ लाख ९६ हजार ४ सय ५६ पुगेको छ । सहकारीले गत आर्थिक वर्ष २०७९/०८०मा सहकारीको कर्जा प्रवाह ३ करोड ६४ हजार ९ सय १३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको कार्य प्रगति विवरण र आगामी कार्ययोजना, कोषाध्यक्ष उमा सापकोटाले प्रस्तुत गरेको वार्षिक आय सहितको आर्थिक प्रतिवेदन र लेखा सुपरिपेक्षण समितिका संयोजक सुनील अर्यालले पेश गरेको लेखा समितिको प्रतिवेदन सभाले सुधारसहित पारित गरेको छ ।
कार्यक्रममा पोखरा महानगरपालिका सहकारी विभागका दर्ता अधिकारी अनिल कार्कीले समुदाय र समाज, अवकाश प्राप्त कर्मचारीमा आधारित सहकारी राम्रोसँग चलेको बताए । उनले ऋण असुली सबै सहकारीको राष्ट्रिय समस्याको रुपमा रहेको उल्लेख गरे । उनले सहकारीको जगेडा कोष राम्रो भएको जनाए ।
शेयर सदस्य सार्वभौम भएकाले नियमित रुपमा सहकारीमा आएर खबरदारी र निगरानी गर्न उनको सुझाव छ । कार्यक्रममा पाल्पाली बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समितिका उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, शिक्षा समितिका संयोजक पदमप्रसाद पोखरेल, सल्लाहकार नारायण पौडेल लगायतले सहकारीबारे बोलेका थिए ।
कार्यक्रममा एसइई परीक्षामा उत्तीर्ण सेयर सदस्यका छोराछोरीलाई कदरपत्र प्रदान गर्नुका साथै उत्कृष्ट सेयर सदस्यहरु तेजबहादुर थापा र कमलप्रसाद नेपाललाई सम्मान गरिएको छ । २०७६ असार १३ गते पोखरा महानगरपालिकाको सहकारी विभागका विधिवत दर्ता भएको सहकारीले पोखराको वडा नम्बर १ देखि १७ सम्म कार्यक्षेत्र विस्तार गरेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया