श्रुतिलेखनमा कान्तिपुर एकेडेमी पहिलो

पोखरा ।
एनप्यानब्सन कास्कीले आयोजना गरेको दोस्रो नेपाली पठन सीप एवं श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर एकेडेमी प्रथम भएको छ । प्रतियोगितामा युनिभर्स इङ्लिस स्कुल द्वितीय, रत्न ज्योति मावि तृतीय, फेवा बोर्डिङ स्कुल चौथा तथा वागमारा एकेडेमी र अल्फा वोडिङ स्कुल सान्त्वना बने ।
विजयी विद्यालयका विद्यार्थीलाई पुरस्कार वितरण गर्दै शिक्षा विकास तथा समन्वय इकाइ कास्की प्रमुख लोकनाथ आचार्यले एनप्याब्सन कास्कीले पढाइ, परीक्षा र हरेक गतिविधिमा एकरुपता कायम गर्दै उत्कृष्ट काम गरिरहेको जनाए ।
प्रतियोगितामा एनप्याब्सनमा आवद्ध ३४ विद्यालयका विद्यार्थी सहभागी रहेको एनप्याब्सन कास्कीकासदस्य तथा कार्यक्रम संयोजक हरिराज अधिकारीले जानकारी दिए । विद्यार्थीको आतरिक प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको एनप्याव्सन कास्की अध्यक्ष हेमन्त अधिकारीले बताए ।
‘पढाइका अलवा एन प्याव्सनमा आवद्ध विद्यालयका विद्यार्थीको प्रतिभा उजागर गर्न संस्थाले फरक फरक कार्यक्रम सञ्चालन गर्दै आएको छ,’ अध्यक्ष अधिकारीले भने, ‘हरेक कार्यक्रममा विद्यालयबाट विद्यार्थीको सहभागिताले हाम्रा कार्यक्रम सफल भएको महशुस भएको छ ।’









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया