मार्गदर्शन सहकारीको अध्यक्षमा त्रिपाठी चयन

समाधान संवाददाता २०८१ भदौ ३० गते १६:३३

पोखरा ।
मार्गदर्शन कृषि सहकारीको अध्यक्षमा बालाकृष्ण त्रिपाठी चयन भएका छन् । सहकारीको शनिबार भएको नवौं साधरणसभा तथा तेस्रो अधिवेशनले त्रिपाठीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

Advertisement


संस्थाको उपाध्यक्षमा हरिकृष्ण बजगाईं, सचिवमा विश्वज्योति सुवेदी, कोषाध्यक्षमा सुजन अधिकारी र सहसचिवमा केदारनाथ बजगाईं छन् । सदस्यमा रामचन्द्र भुर्तेल, शिवानी बजगाईं, लक्ष्मी दाहाल र गीता बजगाईं छन् ।


अधिवेशनले बिष्णुहरि तिवारीको संयोजकत्वमा ३ सदस्यी लेखा समिति पनि गठन गरेको छ । समितिको सदस्यमा सुवास खड्का र इन्दु अर्याल चयन भएको निर्वाचन संयोजक दधिराम पौडेलले जानकारी दिए ।

Advertisement


अधिवेशन सम्पन्न गर्नका लागि संयोजक पौडेलसहित जीवन तिवारी र सोमलाल तिवारी सदस्य रहेको निर्वाचन समितिले नयाँ पधाधिकारी चयनका लागि सहजीकरण गरेको थियो ।


जिल्ला सहकारी संघ कास्कीका महासचिव दीपक बास्तोलाले स्थानीय लगानीमा सञ्चालित सहकारी भन्दापनि बाहिरबाट आएका व्यक्तिले सञ्चालन गरेका सहकारीहरु समस्याग्रस्त रहेको भन्दै सदस्यहरुको लगानी सुरक्षित गर्ने गरी सहकारी सञ्चालन गर्न आग्रह गरे ।

Advertisement


कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझा, गुंदेमत्स्य बचत तथा ऋण सहकारीका सचिव बद्रीनाथ ढुंगाना, जल्धारे बचत तथा ऋण सहकारीका सचिव बिचित्रनाथ ढुंगाना, पोखरा २६ का कृषि सन्जाल सचिव ईश्वरराज भण्डारी, सिलिङगे बचत तथा ऋण सहकारीकाकोषाध्यक्ष सोमनाथ अधिकारी लगायतले बोलेका थिए ।


साधारणसभाले बालकृष्ण त्रिपाठीले प्रस्तुत गरेको सचिवको प्रतिवेदन र विष्णुहरि अधिकारीले प्रस्तुत गरेको कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । संस्थाका अध्यक्ष नारायण बजगाईंको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष ईन्दु अर्याल न्यौपानेले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया