जनप्रिय सहकारीको वार्षिकोत्सव
लेखनाथ ।
जनप्रिय सहकारी संस्थाले शनिवार आफनो २१ औं वार्षिकोत्सव मनाएको छ । संस्थाले एक हजार ९१ सेयर सदस्यहरुबाट ३ करोड, ९५ लाख १७ हजार आठ सय सेयर पुँजी बनाउन सफल भएको छ ।
आगामी आर्थिक वर्षका लागि सेयर सदस्य १ हजार दुई सय पुर्याउने र सेयर पुँजी झण्डै ४ करोड ७२ लाख पु¥याउने योजना सहकारीले अघि सारेको छ ।
कृषि औजार, मल, बिउ लगायत दैनिक उपभोग्य वस्तुको खरिदबिक्रीमा सहजीकरण गर्ने गरी वि स २०५० जेठ ७ जनप्रिय सहकारी लेखनाथमा स्थापना भएको हो ।
संस्थाको साधारण सभाको उद्घाटन पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले गरेका थिए । संस्थाका अध्यक्ष रवीन्द्रमोहन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निर्वतमान अध्यक्ष मुरारी बराल, पूर्वअध्यक्ष रामजी थापा, सल्लाहकार नारायणप्रसाद बराल, जनजागृति महिला सहकारीकी अध्यक्ष कल्पना रानाभाट, सेयर सदस्य प्रमिला भण्डारी, सेयर सदस्यहरुबाट सुधीरमणि लामिछाने, बचतकर्ता सरस्वती ढुंगाना र पवित्रा ढुंगाना लगायतले बोलेका थिए ।
कार्यक्रम सञ्चालन सचिव रंगनाथ तिमिल्सिनाले गरेका थिए । स्वागत मन्तव्य उपाध्यक्ष खेमप्रसाद भण्डारीले राखेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया