दलित पत्रकार संघ कास्कीमा सुरेश

पोखरा ।
राष्ट्रिय दलित पत्रकार संघ नेपाल कास्कीको दोस्रो अधिवेशनले अध्यक्ष सुरेश सुनारको नेतृत्वमा नयाँ समिति चुनेको छ । १५ सदस्यीय कार्यसमिति उपाध्यक्षमा सरिता गायक, सचिव विजय नेपाली, सहसचिव विन्दु परियार र किशोर परियार र कोषाध्यक्ष कोपिला सुनार छन् ।
कार्यसमिति सदस्यमा सपना रसाइली, विष्णु पोखरेल, विशाल सुनार, सुष्मा नेपाली, प्रकाश रसाइली, प्रिजना दिवाल, राजेन्द्र नेपाली, सविन गायक र मञ्जुला विक सर्वसम्मत बने । अधिवेशनले ७ जना केन्द्रीय प्रतिनिधि र १२ जना प्रदेश प्रतिनिधिसमेत चयन गरेको छ ।
गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालले अधिवेशनको उद्घाटन गर्दै दलित पत्रकार संघ र समग्र पत्रकारहरुले देश व्यापी रुपमा उठाएको दलितका सवाल र मुद्दा पर्याप्त नभएको दाबी गरिन् । उनले केही सीमित प्रतिनिधिमूलक घटना बाहिर आए पनि मुल मुद्दामा केन्द्रीत बन्न नसकेको आरोप लगाइन् । उनले दलितलाई समाजले स्वीकार नगरेको कारण प्रत्यक्ष चुनाव जित्न कठिनाइ भएको तर्क गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, प्रेस चौतारी नेपालका केन्द्रीय अनुशासन आयोगका उपाध्यक्ष श्याम कुँवर, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष भरत कोइराला, प्रेस सेन्टर कास्कीका अध्यक्ष कृष्ण दवाडी, नेवा पत्रकार पुचः कास्कीका अध्यक्ष अनिसा श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्की अध्यक्ष दिलप्रसाद गुरुङ, नेपाल दलित संघ कास्की अध्यक्ष दुर्गाबहादुर सुनार र नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा कास्की अध्यक्ष भीमबहादुर नेपाली, राष्ट्रिय दलित पत्रकार संघ कास्कीका निवर्तमान अध्यक्ष रामशरण नेपाली लगायतले पत्रकारिता र दलित आन्दोलनबारे धारणा राखेका थिए ।









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया