सडक विस्तारले लेखनाथमा खानेपानीको १५ करोड क्षति

लेखनाथ ।
लेखनाथ खानेपानी उपभोक्ता संस्था पोखरा–३० ले शनिबार स्वागत तथा भेटघाट कार्यक्रममा राखेको छ । नेपाल सरकारका संघीय खानेपानी मन्त्री प्रदीप यादवको स्वागत र भेटघाट कार्यक्रम भएको हो ।
मन्त्री यादवले खानेपानीका स्रोत संरक्षण गरेर उपभोग गर्नु अहिलेको आवश्यकता भएको बताएका थिए । साविक लेखनाथ नगरपालिका क्षेत्रमा सडक विस्तारका कारण १५ करोड रुपैयाँ पाइपलाइनमा क्षति भएको मन्त्री यादवले सुनाए । उनले खानेपानी, विद्युत र सडकको समन्वयको खाँचो पनि औंल्याए ।
छलफल एवं भेटघाट कार्यक्रमा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्यले संस्थाको प्रगति विवरण हेर्दा सन्तोषजनक रहेको बताइन् । उनले मन्त्रालयको थप सहयोगको बचन पनि दिइन् ।
कार्यक्रममा संघीय खानेपानी आयोजनाका प्रमुख शंकरचन्द्र केसीले कानुनलाई केही परिमार्जन गरेर उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने बताए । लेखनाथ खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष पुष्पकमल ढुंगानाले २७ वर्ष पार गरेको संस्थाले समथर र पहाडी भूभाग गरी करिब ८८ हजार ६०५ जनसंख्यालाई दैनिक १ करोड ९ लाख लिटर प्रतिदिन स्वच्छ खानेपानी उपलब्ध गराउँदै आएको बताए ।
उनले संस्थामार्फत २ पानीका मुहान, ९ बोरिङमार्फत पानी वितरण हुँदै आएको जानकारी दिए । लेखनाथ खानेपानी उपभोक्ता संस्थाद्वारा वितरित पानी विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेकाले ढुक्क भएर उपभोग गर्न उपभोक्तालाई उनले अनुरोध गरे ।
संस्थाका इन्जिनियर रमेश गिरीले संस्थाले हालसम्म गरेका प्रगति विवरण र आगामी दिनमा हुने चुतौतीका बारेमा जानकारी दिए । संस्थाकी सचिव नारायणी भट्टराईले कार्यक्रम सञ्चालन गरेकी थिइन्









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया