प्रगतिटोल नमूना आमा समूहमा शर्मिला

पोखरा । प्रगति टोल नमुना आमासमूह प्रगति टोल चाउथे पोखराको चौथो अधिवेशन तथा एघारौं साधारणसभाले शर्मिला श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
अधिवेशनले प्रथम उपाध्यक्ष सावित्रा अधिकारी, द्वितीय उपाध्यक्ष द्रौपदी पौडेल, सचिव तुलसा पुन, कोषाध्यक्ष कान्ता कोइराला पोखरेल, सहसचिव सीता खड्का, सह कोषाध्यक्षमा निरु ढकाललाई चयन गरेको छ । सदस्यमा समुद्र थापा, माया गुरुङ, लक्ष्मी हमाल खाँड, सानु अधिकारी, दयाकुमारी आले, विष्णु खत्री, ललिता खड्का, शान्तिदेवी थापा, भोला राना, खिमा के सी, यामकुमारी गुरुङ, गिता रायमाझी, माया गिरी, पार्वती श्रेष्ठ, चन्द्र शेरचन, दिपा खड्का, रञ्जु साह चयन भए ।
कार्यसमितिले सम्झना भुजेल, गिता अधिकारी र उमा गुरुङलाई सल्लाहकारमा मनोनित गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नम्बर १४ का वडाध्यक्ष बोधबहादुर कार्कीले वडाले समूहलाई गर्नुपर्ने साथ र सहयोग गर्न हमेसा तत्पर रहेको बताए । विशेष अतिथि पोखरा महानगर पालिका १४ का वडा सदस्य कृष्णहरि काफ्ले, अतिथिहरु प्रगतिटोल विकास समितिका अध्यक्ष मिनबहादुर गुरुङ, टोल विकास समितिका सचिव गोविन्द सापकोटा र आमा समूहकी निवर्तमान अध्यक्ष सम्झना भुजेलले शुभकामना व्यक्त गरे ।









कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया