क्रिकेट संघ गण्डकीको सभा

पोखरा ।
गण्डकी प्रादेशिक क्रिकेट संघ पोखराको तेस्रो वार्षिक साधारण सभा भएको छ । सभाले सचिव सुमनराज कार्कीले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिवाकर थापाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुधारसहित पारित गरेको संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।
कार्यक्रममा गण्डकीबाट एसिसी यु १९ सहभागी नेपाली टिमका खेलाडीमध्ये अर्जुन कुमाल, सुवास भण्डारी, दीपक डुम्रे र गण्डकी टिमका कप्तान नेपाली ए टिमका सदस्य समेत रहेका विपिन खत्रीलाई नगद १० हजारसहित सम्मान गरिएको छ ।
समारोहमा चितवनमा भएको मैयाँदेवी कप यु १९ क्रिकेटमा उपिविजेता टिमलाई नगद ८० हजार र वागमती कपमा सफलता हासिल गर्ने टिमका सदस्य, प्रशिक्षक, टिम म्यानेजर तथा बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई समेत नगदसहित सम्मान गरियो ।
कार्यक्रममा आइसिसी लेभल २ प्रशिक्षकमा उत्तीर्ण रिजन प्रजु, नेपालकै पहिलो महिला अम्पायर सोनिका थापा र कार्यालय सचिव विजय राउतलाई सम्मान गरिएको छ । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले पछिल्लो समयमा क्रिकेटमा क्रेज बढेको बताए ।
‘क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि प्रदेश सरकार तयार छ,’ उनले भने, ‘पोखरा रंगशालाको खेल मैदानको अधुरो कामलाई पूरा गर्न प्रदेश सरकारले ध्यान दिएको छ ।’ उनले प्रदेशले खेलकुदलाई महत्व दिएर काम गरेको जानकारी दिए । मन्त्री थापाले पोखरालाई खेलकुदको राजधानीको रुपमा विकास गर्न सकिने तर्क गरे ।
प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले सन २०२७ मा नेपालमा हुने यु १९ क्रिकेटका खेलहरु पोखरामा हुने गरी खेल मैदान गर्ने योजना अगाडि सारेको बताए ।
नवदुर्गा खेल मैदान नवलपुर र दुलेगौडामा प्रदेश स्तरको खेल मैदान बनाउने तयारी भइरहेको जानकारी दिँदै उनले पोखरा २९ पटनेरीको ४ सय रोपनी जग्गामा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान निर्माणका लागि अध्ययन टोली गठन गरी प्रक्रियाअघि बढाएको बताए ।
उनले महिला क्रिकेट खेलाडी उत्पादनका लागि समेत क्रिकेट संघसँग सहकार्य गर्दै परिषद अघि बढेको जनाए । उनले खेलकुदको क्षेत्रलाई सुशासन ल्याउन सकेमा मात्रै खेल क्षेत्रको विकास अघि बढने बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले गण्डकीको क्रिकेटको विकासको लागि संघले सरोकारवालासँग समन्वय र सहकार्य गरेको उल्लेख गरे ।
नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य सुदीप शर्माले सातै प्रदेशमा गण्डकी प्रादेशिक क्रिकेट संघ अब्बल रुपमा अघि बढेको बताए । उनले क्रिकेटका गतिविधि पोखरामा गर्नको लागि संघले कुनै कन्जुस्याई नगरेको दाबी गरे ।
कार्यक्रममा प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष सिग्देल, उपाध्यक्ष प्रकाश पौडेलले खेलाडी उत्पादन र खेल पूर्वाधार संघको मुख्य लक्ष्य भएको बताए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया