फेवा किनारमा आर्किटेक्चर प्रदर्शनी

पोखरा ।
पोखराको फेवा किनारमा दोस्रो सडक आर्किटेक्ट शोधकार्य प्रदर्शनी भएको छ । पोखरा इन्जिनियरिङ कलेजको आयोजनामा भएको प्रदर्शनीमा पोखराका प्लस टु साइन्स र प्लस टु ओभरसियर अध्यापन गराइने करिब डेड दर्जन विद्यालयका विद्यार्थी सहभागी बने ।
विभिन्न प्रकारका रोचक र समय सान्दर्भिक वास्तुकला संरचनाका नमुना अर्थात आर्किटेक्ट डिजाइन प्रदर्शन गरिएको थियो । प्रदर्शनी गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले उद्घाटन गरे । मन्त्री गुरुङले नेपालको प्रमुख आर्थिक गतिविधिमा पर्यटन पर्ने भएकाले अबका इन्जिनियरहरुले आर्टिटेक्ट डिजाइन गर्दा नेपालको मौलिक पहिचान झल्कने वास्तुकलालाई जोड दिनुपर्नेमा जोड दिए ।
उनले पोखरामै उत्कृष्ट प्राध्यापकहरुबाट आर्किटेक्ट पढाइ हुने भएकाले गण्डकी प्रदेशका विद्यार्थी आर्किटेक्ट अध्ययनका लागि बाहिर जानुनपर्ने बताए । शोधकार्यमा नयाँ नयाँ डिजाइन देखिएको बताउँदै उनले ती डिजाइनहरु वास्तविकतामा परिणत हुनुपर्नेमा जोड दिए ।
कलेजका विभागीय प्रमुख तथा आर्किटेक्ट समीक्षा कँडेलले शोधकार्य प्रदर्शनी औपचारिकतामात्र नभई विद्यार्थीको प्रतिभा उजागर गर्ने अवसरसमेत रहेको औंल्याइन् । दुई हजार ५ सयभन्दा बढीले प्रदर्शनी अवलोकन गरेको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।
विद्यालयका निर्देशक अम्बर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल इन्जिनियर सोम गुरुङ, विद्यार्थीद्वय लीना तिलिजा र देविका थापाले बोलेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया