सामसङको ‘भव्य दसैं तिहार, घरभरि उपहार’ अफर

पोखरा ।
सामसङले ‘भव्य दसैंतिहार, घरभरि उपहार’ अफर सार्वजनिक गरेको छ । चाडपर्वको अवसर नजिकिँदै गर्दा प्रविधि र नवप्रवर्तनको विश्वको अग्रणीमा रहेको सामसङले आगामी कात्तिक ३० गतेसम्म ‘भव्य दसैं तिहार, घरभरि उपहार’ अफर ल्याएको हो ।
यो अफरले ग्राहकहरूलाई ३१ प्रतिशतसम्मको छुटमा नवीनतम सामसङ टिभीहरू र घरेलु उपकरणहरू घरमा ल्याउन पाउने छन् । यसैगरी चुनिएका सामसङ टिभीहरू खरिद गर्दा १२ महिनासम्मको निःशुल्क वर्ल्डलिंक इन्टरनेट र नेट टिभी सब्स्क्रिप्सन पाउने छन् । चुनिएका सामसङ फ्रन्ट लोड वाशिङ मेसिनको खरिद गर्दा निःशुल्क ६केजी सर्फ एक्सेल म्याटिक पाउने जस्ता आकर्षक उपहारहरूको लाभ उठाउन सक्ने छन् ।
लगातार १८ वर्षदेखि ग्लोबल नम्बर १ टिभी ब्रान्ड रहेको सामसङले आफ्नो नयाँ दायराको एचडी, एफएचडी, ४के युएचडी, क्युएलईडी, नियो क्युएलईडी ४के टिभी र फ्रेम टिभीहरूमा आकर्षक छुट मूल्यमा मात्रै नभई विशेष बोनस उपहारहरू सहित क्यासब्याकहरू प्रदान गरेको छ ।
क्यासब्याक सँगसँगै ग्राहकहरूले क्युएलईडी वा त्यो भन्दा माथिको सामसङ टिभी मोडलहरू खरिद गर्दा पहिलो आउनेले पहिलो सेवा पाउने आधारमा डिलरहरूको पूर्ण विवेकबाट प्रदान गरिएको १२ महिनासम्मको निःशुल्क वल्डलिंक इन्टरनेट र नेटटिभीको सब्स्क्रिप्सन पनि प्राप्त गर्न सक्नेछन् ।
यो लाभको फाइदा उठाउन वल्डलिंक इन्टरनेट र नेट टिभी जडानका लागि नियमित स्थापना शुल्कहरू भने ग्राहकहरूले आफै तिर्नुपर्नेछ । आईएसपी प्रदायकको एकल विवेकमा प्रदान हुने यो प्रस्ताव प्राप्त गर्न अन्य स्त्यन्डर्ड नियम र सर्तहरु पनि लागू हुनेछन् ।
साथै खरिद गरिएका टी, ए, बी, सी र डी–सिरिजका सामसङ टिभीहरूमा ३ वर्षको पूर्ण वारेन्टी छ । यो वारेन्टी टिभी रिमोटहरूमा विस्तार गर्दैन । थप रूपमा, चुनिएका सामसङ टिभीहरू खरिद गर्दा, ग्राहकहरूले घरमा रिएल इमर्सिभ टिभी हेर्ने अनुभव ल्याउन साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्छन् ।
यो अफर सामसङको रेफ्रिजरेटर र वासिङ मेसिनको आकर्षक दायरामा पनि विस्तारित छ । ग्राहकहरूले यस चाडपर्वको सिजनमा कन्भरटेबल ५–इन–१ रेफ्रिजरेटरको कन्भरटेबल जीवनशैलीमा अपग्रेड गर्न सक्नेछन् । साथै विशेष छुटसहित एआई इकोबबल वाशिङ मेसिनसँग स्वचालित रूपमा अप्टिमाइज्ड क्लिन, पावरफुल र जेन्टल वाश प्राप्त गर्न सक्नेछन् ।
यसबाहेक ८ केजीभन्दा बढी क्षमता भएको सामसङ फ्रन्ट लोड वाशिङ मेसिन खरिद गर्दा ग्राहकले ६ केजी सर्फ एक्सेल म्याटिक निःशुल्क प्राप्त गर्नेछन् । सामसङले आफ्नो फ्रिजमा रहेको डीआइटि कम्प्रेसर र वासिङ मेसिनको डीआइटि मोटरमा प्रदान गरेको २० वर्षको वारेन्टी र निःशुल्क स्थापना सेवाले गर्दा ग्राहकहरूलाई झन्झटमुक्त अनुभव लिन मद्दत गर्नेछ ।
यी चाडपर्वका अफरहरू हुलास फिन सर्भ हायर पर्चेज लिमिटेडको सहकार्यमा सञ्चालित सामसङको इन्स्टा फाइनान्स सेवाबाट प्राप्त गर्न सकिन्छ जसद्वारा ग्राहकहरूलाई १८ महिनासम्मको विस्तारित अवधिका लागि ० प्रतिशत ब्याज इएमआईमा नवीनतम सामसङ टिभीहरूको खरिद गर्न सकिन्छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया