फूल बनाउन सिकाइयो
समाधान संवाददाता
२०८१ असोज २ गते १३:४०
पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्ण र लियो क्लब पोखरा अन्नपूर्णले अन्नपूर्ण गाउँपालिका वडा नं २ मा फूल बनाउने तालिम आयोजना गरेको छ । गाउँपालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारीले तालिम सुरुआत गरिन् ।
उनले समयको सदुपयोग गर्ने सके भने कुनै पनि महिला बेरोजगार हुन नपर्ने र आफूले सिकेको सीपबाट आयआर्जन सकिने औंल्याइन् । वडा नं २ का अध्यक्ष पिताम्बर भण्डारीले सिकेको सीपलाई उपयोग गरी आर्थिक अवस्था बदल्न आग्रह गरे ।
लायन्स पोखरा अन्नपूर्णका अध्यक्ष गणेश छविले लायन्स सहरमा होइन गाउँ गाउँमा पनि पुग्नुपर्नेमा जोड दिए । तालिममा ४३ जना सहभागी छन् ।
प्रशिक्षक तीर्थ श्रेष्ठ, लियो क्लब पोखरा अन्नपूर्ण अध्यक्ष सुवास अधिकारी, लियो डिष्ट्रिक रिजन कोर्डिनेटर पवन भण्डारी, अलिषा अधिकारी, सचिव सागर भण्डारी लगायतले कार्यक्रममा बोलेका थिए ।
सम्बन्धित









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया