परिवार नियोजन संघमा स्वास्थ्य मन्त्री
समाधान संवाददाता
२०८१ असोज २ गते १५:०७

पोखरा ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखा निरीक्षण गरेका छन् । मन्त्री पौडेलले पोखरा १२ उपकार मार्गमा रहेको संघको निरीक्षण अवलोकन गरेका हुन् ।
उनले परिवार नियोजन संघका सेवाबारे जानकारीसमेत लिए । मन्त्री पौडेललाई नेपाल परिवार नियोजन संघ कास्की शाखाका सभापति नवीन सिग्देलले स्वागत गरेका थिए । सभापति सिग्देलले संघले सरकारबाट साथ, सहयोग, सद्भाव र प्रोत्साहन चाहेको उल्लेख गरे ।
संघले सुरक्षित गर्भपतन सेवा, गर्भवती जाँच, पुरुष बन्ध्याकरण, यौनजन्य रोगको उपचार तथा परामर्श, एचआइभी परीक्षण तथा परामर्श सेवा, पाठेघरको मुखको क्यान्सर परीक्षण लगागयतका सेवा प्रदान गर्दै आएको छ ।
सम्बन्धित








कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया