
जोमसोम ।
मुस्ताङको घरपझोङ २ मार्फा स्थित शीतोष्ण बागवानी विकास केन्द्रमा मंगलबारदेखि एक हप्ते स्याउ टिप्ने खाने मेला सुरु भएको छ । केन्द्रले पर्यटन प्रर्वद्धनका लागि मेला सुरु गरेको हो ।
मार्फाकोस्याउ बगैचामा अहिले लटरम्म स्याउ फलेका छन् । असोज १ गतेदेखि जिल्ला स्तरको निर्णय अनुसार मुस्ताङका स्याउ बगैचामा धमाधम स्याउ टिप्ने कार्य सुरु भएको छ । यसै क्रममा केन्द्रले मुस्ताङ भ्रमण गर्ने अनुकूल समय तथा स्याउ टिप्ने सिजन सुरु हुँदा पर्यटन प्रर्वद्धन गर्न मेला सञ्चालन गरेको केन्द्र प्रमुख पद्मनाथ आत्रेय बताउँछन् ।
यसका लागि केन्द्रले आफ्नो कार्यक्षेत्रभित्र उत्पादन भएको स्याउ क्षेत्र अन्तर्गत एक क्षेत्र तोकेको छ । बागवानीले पर्यटकलाई स्याउ टिप्ने, खाने सुविधा उपलब्ध गराउन कार्यालय अगाडिको सीमित क्षेत्र तोकेको छ । दर्जन बोटमा फलेका राताम्मे स्याउ पर्यटक आफैंले सीमित शुल्क तिरेर बगैचा घुम्दै धित मरुन्जेल टिपेर खान पाउने व्यवस्था गरेको केन्द्र प्रमुख आत्रेयले सुनाए ।
तोकिएको स्याउ बगैचामा पुगेर स्याउ टिपेर खान प्रतिव्यक्ति २ सय राजस्व तिनुपर्छ । स्याउ टिप्ने, खाने मेलामा पर्यटकले बगैचाभित्र फोटो, भिडियो र सेल्फी खिच्न पाउने छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया