बहिनी एडुकेयरको सभा

समाधान संवाददाता २०८१ असोज ३ गते १३:१०

पोखरा ।
सामाजिक संस्था बहिनी एडुकेयर फाउण्डेशन पोखरा नेपालको ११ औं वार्षिक साधारण सभा भएको छ । सभाले सचिव सुष्मा ओझाले पेश गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष विकास कार्कीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनलाई सुधारसहित पारित गरेको संस्थाका अध्यक्ष कुन्जनी परियार ‘प्यासी’ले जानकारी दिइन् ।

Advertisement


कार्यक्रममा २०८० सालको एसइई परीक्षामा उत्तीर्ण विद्यार्थीहरु कृष्ण कार्की, सलिना अधिकारी, सुस्मिता विक, प्रगति सुनार, शोभा सुनार लगायतलाई सम्मान गरिएको छ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले सामाजिक संघ, संस्थाले स्थानीय तहसँग समन्वय र सहकार्य गरेर काम गर्नुपर्ने बताए । उनले राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन र सम्मान गर्नुपर्ने उल्लेख गरे ।


गैरसरकारी संस्था महासंघ गण्डकीका कार्यवहाक अध्यक्ष पदमराज पहारीले नागरिक संगठनले सरकारको कामलाई सहयोग गरेता पनि खबरदारी र निगरानीको काम निरन्तर रहने बताए ।

Advertisement


संस्थाकी अध्यक्ष परियारले एडुकेयर परिवार कार्यक्रम अन्तर्गत ८० परिवारलाई सहयोग गरेको जानकारी दिइन् । एकल महिलाका आश्रित बालबालिकाको शिक्षा र अभिभावकको सशक्तीकरणमा संस्थाले सहयोग गरेको उल्लेख गर्दै उनले कास्कीमा ५० र तनहँुमा ५० परिवारलाई सहयोग गर्ने बताइन् ।


गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सदस्यहरु विना सिलवाल र विजयकुमार प्रधान, कास्की अध्यक्ष बुद्धिबहादुर थापा, इन्सेक गण्डकी प्रदेशका संयोजक शिवप्रसाद खकुरेल, माछापुच्छे« मावि सार्दीखोलाका प्रधानाध्यापक सन्तोष आचार्य, संस्थाका कार्यसमितिका सदस्य अनिरुद्र बरालले संस्थाले गरेको सामाजिक कामका बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया