केदारेश्वर मन्दिरमा सरसफाइ

समाधान संवाददाता २०८१ असोज ३ गते १३:११

पोखरा ।
लायन्स क्लब अफ पोखरा रानीबन, पोखरा लेकसाइड, पोखरा गार्डेन र लियो क्लब अफ पोखरा लेकसाईडको सयुक्त आयोजनामा पोखरा –६, कोमागाने पार्कस्थित केदारेश्वर महादेवमणि सेवा आश्रममा मन्दिर परिसर सरसफाइ तथा बटुकहरुलाई खाना खुवाउने कार्यक्रम हालै सम्पन्न भएको छ ।

Advertisement


त्यस अवसरमा १ सय बटुकहरुलाई खाना खुवाइएको थियो । लायन्स क्लब अफ पोखरा लेकसाइडका अध्यक्ष लायन धर्मराज थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा गार्डेनका अध्यक्ष रामकृष्ण पहारीले स्वागत गरेका थिए । लायन्स क्लब अफ पोखरा रानीवनका अध्यक्ष दीपेन्द्र आचार्यद्वारा सञ्चालित कार्यक्रमको संयोजन लायन्स क्लब अफ पोखरा लेकसाइडका सदस्य समजसेवी दयानन्द पोखरेलले गरेका थिए ।

केदारेश्वर महादेवमणि सेवा आश्रम समितिका मठाधीश स्वामी डा. लेखनाथ आचार्य, लायन्स डिस्ट्रिक्ट ३२५ एमका गभर्नर चण्डीप्रसाद अर्याल, डिस्ट्रिक चिफ गण्डकी एरिया काउन्सलर दिनबन्दु पौडेल डिस्ट्रिक्ट को–अर्डिनेटर जियसटी जगनाथ तिमिल्सिना, डिस्ट्रिक्ट को–अर्डिनेटर लायन रामु गौतम, ट्री प्लानटेसन डिपार्टमेण्ट हेड लायन बलराम पहारी, डिपार्टमेण्ट हेड लायन श्रीकृष्ण श्रेष्ठ रिजन चियर पर्सन लायन नवराज अधिकारी, जोन चियर पर्सन लायन हरिसरण श्रेष्ठ लगायत पदाधिकारी तथा पूर्व अध्यक्ष एवं सदस्यहरूको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया