व्यवसायीलाई नाट्टा कर तथा लेखा तालिम

पोखरा ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा)ले गण्डकी प्रदेश नाट्टामा आवद्ध व्यवसायीलाई कर तथा लेखा तालिम दिएको छ । नाट्टा गण्डकी प्रदेशको आयोजनामा ८० जना व्यवसायीलाई तालिम दिइएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दहालले जानकारी दिए ।
व्यवसायलाई व्यवस्थित र प्रभावकारी बनाउन कर तथा लेखा बारे जानकारी अपरिहार्य हुने अवस्थालाई दृष्टिगत गरी तालिम दिइएको बताउँदै उनले यसले कर तथा लेखा सम्बन्धमा व्यवसायीलाई महत्वपूर्ण जानकारीहरू प्राप्त भएको विश्वास व्यक्त गरे ।
पर्यटन राजधानी पोखरा सहित समग्र देशको पर्यटन राष्ट्रको समृद्धिको महत्वपूर्ण आधार भएको बताउँदै अध्यक्ष दहालले राज्यको व्यवसायीमैत्री नीति आवश्यक हुनेमा जोड दिए ।
कार्यक्रमको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले व्यवसायलाई व्यवस्थित एवम् प्रभावकारी बनाउन यस किसिमका तालिम आवश्यक हुने बताउँदै यस्ता तालिमहरूले निरन्तरता पाउनुपर्ने बताए । पर्यटनसम्बद्ध संघ संस्थाको सामुहिक प्रयासमा पोखराको पर्यटनलाई गतिशिल बनाउन सकिने उल्लेख गर्दै उनले परिषद् सम्बद्ध सबैसँग हातेमालो गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।
तालिममा आन्तरिक राजस्व कार्यालयका बरिष्ठ कर अधिकृत ठाकुरप्रसाद सुवेदीले कर तथा लेखा सम्बन्धमा तालिम दिएका थिए । महासचिव चेतन कार्कीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य सचिव नवराज भण्डारी र धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष संगीता पौडेलले गरेकी थिइन् ।
कार्यक्रममा नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष पशुपति शर्मा, निवर्तमान अध्यक्ष हरिराम अधिकारी लगायतले व्यवसायिक दक्षता अभिवृद्धिका लागि तालिम आवश्यक हुनेमा जोड दिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया