जिल्ला स्तरीय स्क्र्यावल प्रतियोगिता सम्पन्न

समाधान संवाददाता २०८१ असोज ४ गते १३:११

पोखरा ।

Advertisement


पोखराको सार्वजनिक पुस्तकालय अमेरिकन कर्नरमा जिल्ला स्तरीय स्क्र्यावल प्रतियोगित सम्पन्न भएको छ । प्रभावकारी सम्बन्धका लागि सञ्चार र सञ्चारका लागि भाषिक दक्षता अनि भाषामा दख्खल राख्न शव्दजाल (कोठेपद वा स्क्र्यावल) को महत्वपूर्ण भूमिका छ । खेलमय प्रवल सिकाइले मात्र समकालिन शिक्षणसिकाइ पूर्ण हुनसक्छ भन्ने मान्यताले स्क्रयावल क्लवको कास्की जिल्ला समितिको अग्रसरतामा बिहीबार पोखरा सार्वजनिक पुस्तकालय, अमेरिकन कर्नरमा जिल्ला प्रतियोगिता सम्पन्न भएको हो ।


विद्यार्थीको शव्दभण्डार बढाउन उल्लेख्य योगदान गराउने यो विश्व प्रसिध्द खेलमा आफ्ना विद्यार्थी सहभागी गराएका कास्की जिल्लाका हार्वर्ड, सैनिक, अमरसिंह, एसओएस, केफ, रिलायन्स, महेन्द्र, विन्ध्यवासिनी, हिलप्वाइन्ट र जेसिए स्कुलका गरी जम्मा २२ जना मेधावी विद्यार्थीहरू बिच दिनभर पाँच खेल सम्पन्न भए ।
स्क्रयावल क्लवका कास्की जिल्ला संयोजक केशव भट्टराईको नेतृत्वमा सम्पन्न उक्त प्रतियोगिताबाट हार्वर्ड एकेडेमीका प्रवेश मल्ल र अनुज गुरूङ, सैनिक आवासिय महाविद्यालयका दिपसन पाण्डे र दिव्यजंग थापा, अमरसिंह माविका प्रस्ताप प्रसाई तथा केफ माविका सुदिक्षा पौडेल आगामी कार्तिक ९ र १० गते गुल्मी जिल्लामा हुने दसौं राष्ट्रिय स्क्यावल प्रतियोगिताका लागि छानिएका छन् ।

Advertisement


स्क्रयावल क्लवका व्यवस्थापन संयोजक अमर कुँवर लगायत क्लवका अध्यक्ष केशवप्रसाद पराजुली, उपाध्यक्ष ध्रुव थापा, सचिव सर्मिला पौडेल, सहकोषाध्यक्ष नविन पन्तको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा खेलाडीहरूलाई प्रमाणपत्र तथा पदक वितरण गरी आगामी खेलयात्राका लागि शुभकामना समेत व्यक्त गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया