पोखरा उद्योग वाणिज्य संघको कार्यसमितिलाई बधाई

पोखरा ।
बुद्व विशाल बजार व्यापारिक एसोसियसन पोखराले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्षसहित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । बिहीबार भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गरिएको हो ।
संस्थाका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले पोखरा उद्योग वाणिज्य संघले गर्ने हरेक राम्रा कामको साथमा बुद्व विशाल बजार व्यापारिक एशसेसियसन साथमा रहेको जनाए । उनले उद्योग वाणिज्य संघले गर्ने नराम्रा काममा एसोसियसनले खबरदारी गर्ने प्रष्ट पारे ।
खत्रीले व्यावसायमा पार्किङको समस्या रहेको हुनाले उद्योग वाणिज्य संघले सहजीकरण गर्नुपर्नेमा जोड दिए । संघका निर्वतमान अध्यक्ष पवन प्रजापतिले व्यावसायीका घर वहाल कर लगायत विभिन्न करका समस्या रहेको बताउँदै यस बारे पोखरा महानगरपालिकासँग मिलेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले आफ्नो जित सबै व्यवसायीको जित भएको बताउँदै व्यवसायीलाई परेका समस्या समाधान गर्न आफू चौविसै घण्टा तयार रहेको बताए ।
कार्कीले व्यावसायीको हकहितका लागि नेपाल सरकार लगायत पोखरा महानगरपालिका, विभिन्न संघ, सस्थासँग सहकार्य गर्दै काम गर्ने योजना सुनाए ।
एसोसियसनका अध्यक्ष ईन्द्रराज अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा एसोसियसनका उपाध्यक्ष बुद्विबहादुर कुँवर र सचिव थमन सिह गुरूङले पनि बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया