हिमालय क्लबमा मोहन

समाधान संवाददाता २०८१ असोज ४ गते १३:५३

पोखरा ।
हिमालय क्लब पोखरा १६ बाटुलेचौरको अधिवेशनले मोहनबहादुर थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । क्ल्बको स्थापना कालबाटै सचिव र पछि अध्यक्ष बनेका थापाले लामो समयदेखि क्लवमा काम गर्दै आएका छन् ।

Advertisement


बिहीवार भएको २८ औं साधारण सभा तथा १४ औं अधिवेशनबाट निवर्तमान अध्यक्ष सुशील बस्नेत, प्रथम उपाध्यक्ष पुष्पराज अधिकारी, द्वितीय उपाध्यक्ष प्रकाश थापा, सचिव तुलवहादुर बस्नेत, सहसचिव मनु बस्नेत, कोषाध्यक्ष लक्ष्मी पौडेल र सहकोषध्यक्षमा लक्ष्मी देवकोटा चयन भए ।


सदस्यमा राजकुमारी बाँनिया, लक्ष्मी श्रेष्ठ, विष्णु नेपाली, सुवाष तिमिल्सिना, सरिता अधिकारी, केशव थापा, रामशरण बाँनिया, खगेन्द्र थापा र विना केसी छन् ।

Advertisement


कार्यक्रममा क्लबका पूर्वअध्यक्ष ताराप्रसाद तिमिल्सिनाले सामाजिक संघ, संस्थाको क्रियाशीलताले मात्रै समाज विकास हुने बताए । क्लब अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा मानार्थ सदस्य वेनीबहादुर बस्नेत, दीप युनाइटेड क्लब अध्यक्ष खेमराज आचार्य, निर्वाचन समिति संयोजक चित्रबहादुर थापा, सदस्य दुर्गा केसी थापा लगायतले बोलेका थिए ।


सभाले सचिव शिवराज देवकोटाको प्रगति प्रतिवेदन र कोषाध्यक्ष पुष्पराज अधिकारीले पेश गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । सोही अवसरमा क्लबले अम्बिका टोल विकास संस्थालाई खेलकुद सामग्री हस्तान्तरणसमेत गरेको छ ।

Advertisement


हिमालय कृषि सहकारीमा दुर्गालाल, बाटुलेचौर हिमालय कृषि सहकारीको अध्यक्षमा दुर्गालाल श्रेष्ठ चयन भएका छन् । उपाध्यक्षमा शिवराज देवकोटा, सदस्यमा कमला शर्मा, गोविन्दबहादुर थापा, ज्योति बस्नेत, गुञ्जमानसिंह घर्तीक्षेत्री र झलक थापामगर चयन भएका हुन् ।


सहकारीको लेखा समितिमा संयोजक राजेन्द्र शाही, सदस्यमा विकास केसी र शर्मिला थापा छन् । । सहकारीको चौंथो अधिवेशनले आर्थिक प्रतिवेदनसमेत पारित गरेको छ ।

तपाईको प्रतिक्रिया