राधाकृष्ण वृद्धाश्रमको अधिवेशनमा भीमपाणि सम्मानित

समाधान संवाददाता २०८१ असोज ४ गते १३:५५

लेखनाथ ।
असाहय तथा ज्येष्ठ नागरिकको रेखदेख तथा पालनपोषणको क्षेत्रमा काम गर्दै आएको राधाकृष्ण वृद्धाश्रमले समाधानकर्मी भीमपाणि बरालसहित ३ जनालाई सम्मान गरेको छ ।

Advertisement

पोखरा ३२ मा रहेको वृद्धाश्रमको १२ औं वार्षिक साधारण तथा पाँचौं अधिवेशनमा बरालसहित सिड फाउन्डेसन कास्कीका निर्देशक दामोदरभक्त थापा र लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटी अध्यक्ष वद्रीनाथ पौडेललाई सम्मान गरिएको हो ।


वृद्धाश्रम स्थापन कालदेखि नै प्रचारप्रसारमा योगदान गर्दै आएकोमा पत्रकार बराललाई दोसल्ला र कदर पत्रसहित सम्मान गरियो । थापाले विदेशवाट दाताको खोजी र पौडेलले लायन्स क्लबको माध्यमवाट हरेक वर्ष आश्रमका सहयोग गर्दै आएका थिए ।

Advertisement


संस्थाको पाँचौं अधिवेशनले विश्वराज लामिछानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको प्रथम उपाध्यक्षमा शोभामोहन पौडेल, द्वितीय उपाध्यक्ष सनबहादुर गुरुङ (कालु), महासचिव रजनी लामिछाने, कोषाध्यक्ष शिवबहादुर थापा र उपमहासचिवमा सञ्जीवकुमार ढेवाजु छन् ।


कार्यसमिति सदस्यमा सीता कुवँर र पार्वती लामिछाने छन् । बाँकी दुई सदस्यपछि थप गरिनेछ । कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कबहादुर कार्कीले ज्येष्ठ नागरिक समाजका लागि जिउदो इतिहास भएकाले उनीहरुका अनुभवलाई आत्मसात गर्नुपर्नेमा जोड दिए । उनले ज्येष्ठ नागरिकले वुढेस कालमा दुःख नपाऊन भन्नका खातिर राज्यले पनि छुटै नीति ल्याएर ल्याउनुपर्नेमा जोड दिए ।

Advertisement


यो वृद्धाश्रमलाई महानगर मातहत सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । सोही अवसरमा राधाकृष्ण मन्दिर शान्ति आश्रमका महन्त मुकुन्दशरण उपाध्यायले यहाँ रहेका सबै संघ, संस्थाको सामूहिक भावना अनुसार नै सहकार्य गर्दै आएको जनाए ।

संस्थाका कार्यवाहक अध्यक्ष विश्वराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्रेम लिगल, राधाकृष्ण गुरुकुलका अध्यक्ष नरेन्द्रप्रसाद रेग्मी, राधाकृष्ण मन्दिर शान्ति आश्रमका उपाध्यक्ष गणेशबहादुर खत्री, सिड फाउन्डेसन कास्की निर्देशक दामोदरभक्त थापा, गगनगौडा खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष राजु केसी, पत्रकार भीमपाणि बराल, उपाध्यक्ष विश्वराज लामिछाने, सदस्य सनबहादुर गुरुङ र लायन्स क्लब अफ लेखनाथ गार्डेन सिटी अध्यक्ष वद्रीनाथ पौडेलले बोलेका थिए । उनीहरुले संस्थागत हितका लागि सामूहिक भवनाको खाँचो औंल्याए ।


सभाले संस्थाका महासचिव शोभामोहन पौडेलले पेश गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष शिवबहादुर थापाको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

तपाईको प्रतिक्रिया