पोखरा वृद्धाश्रममा मनाइयो विश्व अल्जाइमर दिवस

समाधान संवाददाता २०८१ असोज ५ गते १५:४४

पोखरा । अल्जाइमर रोग कुनै जुनीको पाप होइन, यो सरुवा रोग पनि होइन त्यसैले घरपरिवार र समुदायमा डर उत्पन्न गराउँनु हुँदैन भन्दै शनिबार पोखरामा विश्व अल्जाइमर दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघले घोषणा गरेको विश्वव्यापि मान्यताको मानव अधिकारमध्य ज्येष्ठ नागरिकहरुलाई प्रायः लाग्ने अल्जाइमरबाट पीडित रोगीहरुको संरक्षणका लागि पनि उत्तिकै क्रियाशील हुनुपर्ने बताएको छ ।

Advertisement

पोखरामा आयोजित अल्जाइमर रोगसम्बन्धी सचेतना कार्यक्रमका श्रोतव्यक्ति डा. देवेशचन्द्र घिमिरेकाका अनुसार यो बिर्सने रोगको तथ्यांक नेपालमा विश्वसनीय नरहे पनि संयुक्त राज्य अमेरिकामा यो रोग डरलाग्दो ढंगले बढेको बताए । पोखरा बृद्धाश्रमको आयोजना तथा मनिपाल शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. घिमिरेको अनुशिक्षणमा कार्यक्रम भएको हो । उक्त अवसरमा अल्जाइमर रोगको जानकारी, बढ्न नदिने उपाय बारे पोखरा बृद्धाश्रम र दिवासेवाका स्याहारकर्तालाई प्रशिक्षण दिइएको थियो ।

गण्डकी प्रदेश र पोखराका ज्येष्ठ नागरिकसँग सरोकार राख्ने संघसंस्थाहरु साथै चिकित्सक, नर्स, स्वयं ज्येष्ठ नागरिकहरु सम्मिलित सचतना कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय ज्येष्ठ नागरिक महासंघ केन्द्रीय समितिका सचिव तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले अल्जाइमर रोगको न्यूनीकरण तथा उपचारका लागि सरकार र समुदाय मिलेर काम गर्नु पर्ने बताएका थिए । सचिव पराजुलीले सामाजिक बिकास कार्यालय कास्की र संघले मिलेर काम गरि रहेकोले प्रदेश र स्थानीय तहमा पनि सरकारले मिलेर काम गर्न आग्रह गरे ।

Advertisement

कार्यक्रममा ज्येष्ठ नागरिक भएर पनि अहिले सम्म उत्पादनमा जोडिएको र सक्रिय रहेसम्म समाजलाई योगदान दिन पछि नपर्ने कुरा गण्डकी ज्येष्ठ नागरिक संघका उपाध्यक्ष धर्मबहादुर गुरुङले बताए । मनिपालमा अध्ययनरत विद्यार्थी विशेष श्रेष्ठ र उनको टिम, शुक्लेश्वर महादेव मन्दिर व्यवस्थापन समिति अलकापुरका अध्यक्ष विष्णुहरि सापकोटा पूर्व शिक्षक बुद्धि गिरी लगायतले रोट्रयाक संस्था मार्फत् जनचेतना जगाउने नाटक समेत मञ्चन गरेका थिए ।

यसै गरी राष्ट्रिय ज्येष्ठ नागरिक संघका सदस्यहरुले अल्जाइमर दिवसको महत्वबारे प्रकाश पारेका थिए । पोखरा बृद्धाश्रममा सम्पन्न सचेतना कार्यक्रममा आश्रमका कोषाध्यक्ष भीमप्रसाद सुवेदी, अलकापुर ज्येष्ठ नागरिक दिवासेवाका अध्यक्ष, कार्यक्रमका सदस्य सिद्धिकुमार रेग्मी, थेरापिस्ट शान्ता अधिकारी लगायतका विज्ञहरुले अल्जाइमरका समस्या र तिनको स्याहार बारे बारेमा प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया