राइजिङ स्टार युथ क्लबको रक्तदानमा ७८ युनिट संकलन

पेखरा । पोखरा महानगरपालिका वडा नं २७ रिठेपानीमा रहेको राइजिङ स्टार युथ क्लबले राखेको २३ औं खुल्ला रक्तदानमा ७८ युनिट रगत संकलन भएको छ ।
क्लबको वार्षिक कार्यक्रम अन्र्तगत शनिबार राखिएको खुल्ला रक्तदानमा पहिलो रक्तदाता जितेन्द्र क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले हरेक ३ महिनामा खेर जाने रगतलाई संकलन गरेर कसैको जीवन रक्षामा सहयोग पुग्ने हँँदा रक्तदान महादान मानिएको बताए । युवाहरुले समाज परिवर्तनका लागि उदाहरणीय काम गरेर देखाएकामा क्लबको प्रशंसा गर्दै स्थानीय स्तरको विकास निर्माणमा पनि युवाको साथ सहयोगको अपेक्षा गरे ।
क्लबका अध्यक्ष यमप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ क्लबका अध्यक्ष बालगोपाल श्रेष्ठ, प्रगतिचोक आमा समाज अध्यक्ष देवी गुरुङ कार्यक्रम संयोजक ईश्वरबहादुर खत्री लगायतले रक्तदानको महत्व र उपयोगिताका बारेमा जानकारी गराएका थिए ।
क्लबका उपाध्यक्ष अनिल गुरुङले स्वागत गरेको कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापा, लेखनाथ पत्रकार मञ्चका संस्थापक अध्यक्ष भीमपाणि बराल, सचिव विष्णुहरि पौडेल, लिटल फ्लावर विद्यालयका सञ्चालक अध्यक्ष देवी खड्का, प्रिन्सिपल विकल पौडेल, नागरिक समाज कास्कीका अध्यक्ष रामबहादुर पौडेल, पूर्व न्यायाधीश वासुदेव न्यौपाने, सनराइज क्लबका अध्यक्ष सूर्यनाथ न्यौपाने, रिठेपानीस्थित टोल सुधार समितिका अध्यक्षहरु, भूपू सैनिक क्लबका अध्यक्ष सुबेदार नरबहादुर गुरुङ लगायतको उपस्थिति थियो ।
क्लबका उपाध्यक्ष अनिल गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव अर्जुन सापकोटाले गरेका थिए । कार्यक्रम सम्पन्न गर्न क्लबका निवर्तमान अध्यक्ष विष्णुप्रसाद गुरुङ, शुभचिन्तक हिमाल गुरुङ लगायतका युवाहरुको विशेष योगदान थियो । कार्यक्रमका लागि रक्तसञ्चार केन्द्र पोखराले प्राविधिक सहयोग गरेको हो ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया