बिमारले थला परेका यातायात मजदुरलाई सहयोग

पोखरा । कुवेतका सवारी चालकहरुले लामो समयदेखि अस्वस्थ्य नेपालका एक सवारी चालकको उपचारका लागि आर्थिक सहयोग गरेका छन् ।
कुवेतमा सवारी चलाउने विकास नेपाली र रामचन्द्र गुरागाईको सक्रियतामा संकलित ७७ हजार रकम बिरामी सवारी चालक नरबहादुर थापालाई प्रदान गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका उपमहासचिव तथा गण्डकी प्रदेश इन्चार्ज विष्णुबहादुर पराजुलीले जानकारी दिए ।
संगठनको स्थानीय मिनी बस इकाइ सदस्य थापा प्यारालाइसिस भएर २ वर्ष देखि उपचारत छन् । संगठन स्थानीय मिनीबस इकाइ अध्यक्ष हरिप्रसाद बांस्तोलाले संगठन गण्डकी प्रदेश र इकाईको तर्फबाट चालक थापालाई पटक पटक गरी २ लाखभन्दा बढी सहयोग गरेको बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा संगठनका केन्द्रीय उपमहासचिव पराजुली, संगठन स्थानीय मिनीबस इकाईका अध्यक्ष बास्तोला, इकाइ कोषाध्यक्ष रामचन्द्र बास्तोलाले यातायात मजदुर थापाको उपचारको लागि धेरै रकम आवश्यक पर्ने भएकाले थप सहयोग आवश्यक भएको बताए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया