फेवा शिक्षा सदनमा दन्त शिविर

पोखरा । पोखराको गणेश टोलस्थित फेवा शिक्षा सदन माविले शुक्रबार विद्यालयमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । विद्यार्थीहरुलाइ मुख स्वास्थ्य बारे शिक्षा दिने उद्देश्यले विद्यालयले शिविरको आयोजना गरेको हो । शिशिविरमा विद्यालयका कक्षा नर्सरीदेखि दस कक्षासम्मका ५ सय जना विद्यार्थीहरुले लाभ लिएको विद्यालयका प्राचार्य अचुत पाण्डेले जानकारी दिए । ‘विद्यार्थीहरुलाइ कसरी मुख स्वास्थ्य राख्न सकिन्छ भन्ने शिक्षा दिन शिविरको आयोजना गरेका हौं,’ प्राचार्य पाण्डेले भने । शिविरमा विद्यार्थीहरुको मुख, दाँत, गिजाको परिक्षण गरिएको थियो ।
सो अवसरमा विद्यार्थीहरुलाइ दात, गिजा र मुखलाई स्वस्थ राख्ने उपायहरूको बारे बताइएको सह प्राचार्य प्रमोद पाण्डेले जानकारी दिए । विद्यालयको वार्षिक कार्यक्रम अनुसार शिविरको आयोजना गरिएको शैक्षिक विभाग प्रमुख सुमन आचार्यले जानकारी दिए । पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरको प्राविधिक सहयोगमा भएको उक्त शिविरमा विद्यालयका शिक्षक, शिक्षिका र कर्मचारीहरुको सहभागिता रहेको प्रशासनिक प्रमुक यज्ञराज पौडेलले जानकारी दिए ।








एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया