सामुदायिक सेवा जिल्ला समन्वयद्वारा कास्की प्रहरी प्रमुख थापा सम्मानित

पोखरा । सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीले सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले सम्मान पत्र, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भिम पराजुली र प्रेस सल्लाहकार श्याम कुँवरले अविर लगाई सम्मान गरे ।
कार्यक्रममा हालै सम्पन्न अधिवेशनबाट सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा वगर, लेखनाथ र हेमजमा निर्वाचित पदाधिकारी तथा सदस्यलाई बधाई ज्ञापन गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र वगरबाट रामप्रसाद अधिकारी, लेखनाथबाट गंगा कुमारी खनाल हेमजाबाट देविप्रसाद अधिकारी नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।
यसैगरी कार्यक्रममा शसस्त्र प्रहरी वल कालिका गणमा आउनु भएका शसस्त्र प्रहरी नायव उपरीक्षक राजन मान श्रेष्ठ, वडा प्रहरी कार्यालय वगरमा आउनुभएका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीमा आउनुभएकी प्रमुख प्रहरी निरीक्षक शोभा पाण्डेलाई स्वागत गरिएको थियो ।
कार्यक्रमा जिल्ला प्रशाशन कार्यलय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समुदायमा सचेतना फैलाउन सामुदायिक केन्द्रले महत्वपूर्ण भूमिका खेलेको बताए ।
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा लेखनाथकी अध्यक्ष गंगा कुमारी खनालले सामुदायिकको मर्म अनुसारनै काम गर्दै आएको बताइन् ।
सामुदायिक प्रहरी सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वयव कास्कीका अध्यक्ष भिम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र वजगाईले स्वागत र महासचिव घनश्याम तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेका थिए ।









भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
पोखरामा विद्युत कटौतीको तालिका स्थगित, मौसम सुधार भएपछि मात्र काम अघि बढाइने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया