पोखरामा रविको पक्ष र विपक्षमा नाराबाजी, एकातिर रास्वपाका कार्यकर्ता अर्कोतिर सहकारी पीडित

समाधान संवाददाता २०८१ असोज ७ गते १२:२५

पोखरा ।

Advertisement

जिल्ला प्राशसन कार्यालय अघिल्तिर राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्ष र विपक्षमा नाराबाजी भैरहेको छ । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न माग गर्दै सूर्यदर्शन सहकारी पीडित बचकर्ताले एकातिर प्रदर्शन गरेका छन् भने रास्वपाका कार्यकर्ताले षडयन्त्र गरेर फसाउन थालिएको भन्दै सरकारविरुद्ध नाराबाजी गरेका छन ।

सहकारीको पैसा गोर्खा मिडियामार्फत ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र नजिकै सहिद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् । पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता–कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

Advertisement


उनीहरुले ‘सहकारी पीडितलाई न्याय दे’, ‘फासिस्ट सरकार मुर्दावाद’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ जस्ता नारा लगाएका छन् । रविलाई सरकारले फसाउने षड्यन्त्र गरेको भन्दै त्यसको प्रतिवाद गर्ने उद्घोष गरेका छन् ।


गोरखा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेर आइतबार पोखरा ल्याइएको छ । जोशीलाई म्याद थपका लागि आजै जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ ।

Advertisement

रविकै संलग्नतामा रकम अपचलन भएको भन्दै सूर्यदर्शनका सहकारी पीडितले २२ माघ २०८० मा रवि, गोर्खा मिडियासहित विभिन्न १८ व्यक्ति र संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए ।

तपाईको प्रतिक्रिया