राधा–लक्ष्मी पुरस्कार पण्डित माधवशरणलाई

समाधान संवाददाता २०८१ असोज ८ गते १९:१६
hemja

पोखरा । हेमजा साहित्य प्रतिष्ठनद्धारा सञ्चालित राधा–लक्ष्मी पुरस्कारबाट पण्डित माधवशरण बास्तोला पुरस्कृत भएका छन् ।

Advertisement

प्रतिष्ठानले मंगलबार स्व. लक्ष्मीशरण उपाध्यायको ८७ वर्षको स्मृतिमा एक कार्यक्रमको आयोजना गरी बास्तोलालाई पुरस्कृत गरेको हो । कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं.२५ की कार्यवहाक अध्यक्ष धनकुमारी पोख्रेल तिम्सिना, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष वलराम पौडेल पुरस्कार संरक्षक केशवशरण पौडेल, माधवशरण पौडेल र श्यामशरण पौडेलले बास्तोलालाई संयुक्त रुपमा नगद सहित सम्मानपत्रले सम्मान गरे ।

पुरस्कारको राशि नगद १५ हजार सम्मानपत्र र दोसल्ला छ । शिक्षा, साहित्य र धर्म, अध्यात्मको श्रीवृद्धि तथा संरक्षणमा क्रियाशील रहेर सभ्य र समुन्नत समाज निर्माणमा पु¥याएको योगदानको कदर स्वरुप यो पुरस्कारबाट बास्तोलाई पुरस्कृत गरिएको हो ।
हरेक वर्ष लक्ष्मीशरण उपाध्यायको स्मृति पारेर प्रदान गरिने यो पुरस्कार यसअघि छन्दनायक माधव वियोगी र शिक्षासेवी चतुरमान श्रेष्ठलाई प्रदान गरिएको थियो ।
शिक्षा, साहित्य र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका पोखरा–२५ हेमजाका स्व.लक्ष्मीशरण उपाध्यायका छोरा केशवशरण पौडेल र माधवशरण पौडेलले बुवा लक्ष्मीशरण र आमा राधादेवी पौडेलका नाममा राधा–लक्ष्मी अक्षयकोष स्थापना गरेका थिए । अक्षयकोष २ लाख २५ हजारको रहेको छ । उक्त कोषमा उमाकान्त पौडेलले ५ हजार प्रदान गरी २ लाख ३० हजार पु¥याइएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. २५ कि कार्यावहाक अध्यक्ष तिम्सिनाले स्व.लक्ष्मीशरण उपाध्याय हेमजाको इतिहास भएको बताउँदै उहाँलाई जिवन्त राख्ने काम परिवारले गरेको उल्लेख गरिन् ।
पोखरा महानगर पालिका वडा नं. २५ का पूर्व वडा अध्यक्ष शोभाकर तिमिल्सिनाले यो कार्यक्रम नयाँ पुस्ताको लागि प्रेरणा बन्ने बताए ।
पोखरा महानगर पालिका वडा नं. २५ का वडा सदस्य कृष्णबहादुर कुँवरले स्व. लक्ष्मी शरण उपाध्यायले गरेका कार्यहरुलाई हामीले पछ्याउनु पर्ने बताए ।
पुरस्कृति व्यक्तित्व माधवशरण बास्तोलाले स्व. लक्ष्मीशरण उपाध्यायले आफूलाई पनि पढाएको स्मरण गर्दै उहाँका योगदान समाजले कहिल्यै विर्सन नहुने उल्लेख गरे ।
अक्षयकोषका संरक्षक केशवशरण पौडेलले वुवा र आमाको सम्झनामा राखिएको यो अक्षयकोषलाई बढाएर अझै फराकिलो बनाउदै लैजाने वचन व्यक्त गरे ।

Advertisement

कार्यक्रममा प्रतिष्ठानका मासिक कार्यक्रम अन्तर्गत २५२ आंै शुभप्रभात काव्यमाला अन्तर्गत रचना वाचन गरिएको थियो ।
हेमजा साहित्य प्रतिष्ठान हेमजाका अध्यक्ष बलराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा हेमजा साहित्य प्रतिष्ठानका पूर्व अध्यक्ष कृष्णप्रसाद पौडेल, समाजसेवी ऋषिराम पौडेल अक्षयकोषका संरक्षक माधवशरण पौडेल, हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष सुनिल गायक, सचिव परशुराम अधिकारी, साहित्यकार वसन्त बास्तोला ‘चिन्तन’, डा. अनिल थापा, राजेन्द्र बास्तोलालगाएले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया