कास्कीको रुपाकी कार्यपालिका सदस्य चट्याङ लागेर घाइते

समाधान संवाददाता २०८१ असोज ९ गते २१:२९

पोखरा । रुपा गाउँपालिकामा चट्याङ लागेर एक जना घाइते भएकी छन् । मंगलबार बिहान परेको चट्याङबाट कार्यपालिका सदस्य ५३ वर्षीय कृष्णकुमारी घर्ती घाइते भएकी हुन् ।

Advertisement

रुपा गाउँपालिका वडा नं. ७ रामकोटस्थित घरको आँगनमा रहेको पानीको धारा खोल्ने क्रममा परेको चट्याङले बायाँ हातमा चोट लागेपछि उनलाई उपाचारको लागि तत्काल पोखरास्थित मेट्रोसिटी अस्पतालमा ल्याइएको थियो ।

उपचारपश्चात उनी नयाँबजारस्थित छोरी रचना थापाको कोठामा आराम गर्दै आएकी छन् । अहिले बाँयाहातले राम्रो काम नगरेको र शरीरको एक हर सहनै नसक्ने गरी पोल्ने गरेको घर्तीले बताइन् ।

Advertisement

धारामा हात धुन लाग्दा अचानक चट्याङ परेपछि थाहै नपाइकन घर भित्र बिस्तरामा पुगेछु उनले भनिन्, अस्पतालमा उपचार गरेर फर्केपछि अहिले पनि हात बढी पोल्दा घरको बरन्डामा राखेको मार्बल माथि राख्दै आएको छु चिसोले केही हदसम्म भए पनि आराम हुन्छ ।

रुपा गाउँपालिका वडा नं. ७ को भुमेकोटमा नेपाल टेलिकमले टावर निर्माण गरेर सञ्चालनमा आएपछि उक्त क्षेत्रमा बढी चट्याङ पर्ने गरेको स्थानीय बासिन्दाको गुनासो छ । चट्याङले रामकोटस्थित स्वास्थ्यचौकीमा समेत क्षति पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया