फोटोग्राफर संघलाई कैलाश सहकारीको सम्मान

पोखरा । पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिवेशनवाट निर्वाचित कार्य समितिलाई कैलाश बचत तथा ऋण सहकारी संस्थाले शुक्रबार स्वागत तथा सम्मान गरेको छ । कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीले पोखरा फोटोग्राफर संघका हालै निर्वाचित अध्यक्ष भक्त तामाङ लगाएत सम्पूर्ण कार्यसमिति तथा महिला उपसमिति संयोजकहरुलाई बधाई तथा शुभकामना सहित मायाको चिनो, सम्मान पत्र तथा खादाले सम्मान गरेका थिए ।
कार्यक्रममा हालै साहारा खेलकुद पुरस्कारबाट सम्मानित संस्थाका लेखा संयोजक परशुराम शर्मा, भरखरै सम्पन्न भएको पोखरा फोटोग्राफी अवार्ड को कैलाश फोटोग्राफर अफ द इयर विधामा फोटोग्राफर अफ द इयर हुन सफल पुन सारु मगर, हितैषी बचत तथा ऋण सहकारी संस्था का अध्यक्ष पदमा संस्थाका सल्लाहकार मदनप्रसाद आचार्य, पोखरा चेम्वर अफ कमर्श को कोषाध्यक्षमा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार जीवन ढुंगानालाई पनि बधाई तथा शुभकामना सहित सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो ।
पोखरा फोटोग्राफर संघका नव निर्वाचित अध्यक्ष भक्त तामाङले फोटोग्राफरहरुले नै खोलिएको यस सहकारीले फोटोग्राफरहरुको आर्थिक तथा ब्यवसायिक उन्नतीमा अहम् भूमिका खेलेको बताए । कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गाप्रसाद पौडेलले सहकारी नै हाम्रो जीवन रहेकोले यसलाई आय आर्जनको बाटो बनाउन पर्ने कुरामा जोड दिए । पूर्व अध्यक्ष जीवन ढुंगानाले सहकारीको स्थापना कालदेखि विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको स्थितिसम्म आउनुमा सम्पूर्ण फोटोग्राफर सेयर सदस्यहरुको हात रहेको बताए । यसैगरि संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक शिवहरि अधिकारीले संस्थालाई माथि उठाउन सबै सियो र धागो बनेर जोड्न तिर लाग्नु पर्ने बताए ।
महिला समिति संयोजक पूर्णकुमारी थापाले सहकारीका ७ सिद्धान्त वाचन गर्दै सुरु भएको कार्यक्रममा स्वागत उपाध्यक्ष विनोद ढकालले गरेका थिए भने कार्यक्रम सञ्चालन संस्थाका सचिव विष्णुहरि अधिकारीले गरेका थिए ।









वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
पोखरामा चाँदनी जोशीको पुस्तक सार्वजनिक
नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया