टानको गन्तव्य प्रवर्द्धन कार्यक्रम

पोखरा ।
ट्रेकिङ एजेन्सीज एशोसियसन अफ नेपाल गण्डकीको (टान)ले गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले दुई दिने हाइकिङ कार्यक्रम गरेको छ । ४५ औं विश्व पर्यटन दिवसको अवसरमा टान टोलीले कास्कीको नयाँपुल मोहरिया, लप्सीकोट, भुकदेउराली/डाँडाकमेर, फलाटे, ताङले, सरौं सम्म हाइकिङ गरेको हो ।
पर्वतमा भएका पर्यटनका सम्भावनालाई पहिचान गर्ने तथा खोज्ने काम भइरहेको गण्डकी प्रदेशका पर्यटनमन्त्री मित्रलाल बस्यालले बताए । पर्वत पर्यटकीय सम्भावना बोकेको ठाउँ साथै धौलागिरीको पहिचानको रुपमा रहेको उनको भनाइ छ ।
‘पर्यटन विकासमा अघि बढ्ने जमर्काे गरेका छौं । पर्वतलाई छुट्टै चिनारी दिने अठोट छ,’ उनले भने ।
ग्रामीण पर्यटन चलायमान नहुँदा गाउँको संस्कार, आथित्यता, सांस्कृति र स्थानीय खाना लोप हुने चिन्ता
पदमार्ग निर्माण गर्न वर्ष १५ लाख र अहिले २० लाख रुपैयाँ बजेट छुट्टाइएको गण्डकी प्रदेश सभा सदस्य भक्तबहादुर कुँवरले जानकारी दिए । उनका अनुसार झिल्लिबराङ बाट मोहरे जाने पदमार्ग बनाउन १५ लाख रुपैयाँ बजेट छुट्टाइएको छ । पवर्तका ३३ सय मिटर भन्दा माथिका ठाउँमा पार्क बनाइएको तथा यसलाई पर्यटन हब बनाउने तयारी भइरहेको उनले बताए ।
बर्खाको पानीले मोटर बाटो, पदमार्गमा क्षति पुग्दा पर्यटकलाई समस्या परेको मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले बताइन् । अवरुद्ध भएका बाटोहरुलाई मर्मत गरेर सञ्चालनमा ल्याइएको उनले बताइन् ।
उनले भनिन्, ‘भुक गाउँ नमुना गाउँ हो पर्यटक आगमन विस्तारै बढ्दै छ । नयाँपुल देखि भुक भवरकोट माटे जलजला घोरपानी जोड्ने लक्ष्य छ । थप व्यवस्थित गरी समस्या सुधार गरेर पर्यटक आउने वातावरण र्सिजना गर्नेछौं ।’
टानका अध्यक्ष कृष्णप्रसाद आचार्यले हाइकिङमा प्रकृतिसँगको सामिप्यतामा वनस्पति, वन्यजन्तु, चराचुरुंगी, हिमाल, पहाड, ग्रामीण परिवेश रहन सहन संस्कृतिसँगै रमाउन सकिने बताए ।
ग्रामीण पर्यटन चलायमान नहुँदा गाउँको संस्कार, आथित्यता, सांस्कृतिक कार्यक्रम स्थानीय खाना लोप हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे । यहाँबाट घोरेपानी जोड्ने पदमार्ग विस्तार गर्न सकेमा पर्वतको पर्यटन विकासमा टेवा पुग्ने उनको धारणा छ ।
‘विरेठाँटी हुँदै उल्लेरी हुँदै जाने पदमार्ग मोटरबाटो जादा त्यसको विकल्प खोज्न पर्छ । पर्यटन प्रवद्र्धन गर्ने कम्पनिहरु सँग सम्पर्क नहुँदा यो ठाउँ ओझेलमा परेको थियो,’ आचार्यले भने, ‘गाडीबाट झरेर हिड्न सरु गरेबाट आन्नद महसुस भएको थियो । पदमार्ग मापन गरेर नक्सा निकालेर बजारीकरण गर्ने योजना सहित अघि बढेका छौं ।’
कार्यक्रममा विदेशी पर्यटक पनि सहभागी थिए । स्पेनकी नटालिया र अष्ट्रेलियाका ह्रयारीलले गाउँ अविश्वसनीय लागेको बताए । आथित्यता र सांस्कृतिक कार्यक्रम धेरै राम्रो लागेको उनीहरुले सुनाए । ह्रयारी भने पहिले पनि यहाँ आइसकेको बताए ।
पहिलो दिन टोली नयाँपुलबाट ३ घण्टा पैदल यात्रा गरेर पर्वतको मोदी गाउँपालिका भुक देउरालीमा बास बसेको थियो । यहाँ गुरुङ समुदायको बसोबास छ । सय जना भन्दा बढीको सहभागिता थियो । पर्यटक धेरै आएको देख्दा गाउँलेहरु हर्षित भएका थिए । पञ्चेबाजा बजाएर पर्यटकलाई भव्य स्वागत गरिएको थियो ।










प्रतिनिधि सभा निर्वाचनका लागि कास्कीबाट एमालेमा युवा आकांक्षी कम
आचारसंहिता कडा, बालबालिका प्रयोग गर्न र टोपी–टिसर्ट बाँड्न रोक
गोरखाका ७०६ विद्यार्थीलाई न्यानो कपडा : चिसोमा स्कुल जान सहज
वन विज्ञानमा ‘हल्ट प्राइज’ को तयारी तीव्र : विद्यार्थीलाई उद्यमशील बनाउन विज्ञद्वारा प्रशिक्षण
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया